ताजा खबर

समाचार

  • शिवराज अस्पतालमा औषधीको अभाव

    news

    कपिलबस्तुको चन्द्रौटा नगरपालिकामा रहेको शिवराज अस्पताल बहादुरगंजमा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क दिने औषधी सकिएको र किन्नलाई प्रशासनिक बाधा रहेको अस्पतालले जनाएको छ ।
    नयाँ संरचना अनुसार सम्बन्धित नगरपालिका वा गाउपालिकाले अस्पताल र हेल्थपोष्टहरूलाई औषाधी व्यवस्थापन गर्ने निर्णय गरि पठाए पनि नगरपालिका वा गाउँपालिकाले समयमा औषाधि किनेर नपठाएको हुनाले अभाव भएको अस्पतालका निमित्ति मेसु डा. राहुल झाले बताए।
    पहिले अस्पतालमा २० देखि ५० बिरामी आउने अस्पतालमा अहिले ३ सय देखि ४ सय बिरामी दिनहुँ आउने गर्छन् । 

    पटक–पटक सम्बन्धित निकायहरूलाई ध्यान आकर्षण गराउँदा पनि सकारात्मक पहल नभएको अस्पाताल बिकास समितिका अध्यक्ष दिपक शुक्लाले बताए । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org