कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • धन्य ! आफैँ मृत्युको समाचार बन्नु परेन

    news

    विष्णु विश्वकर्मा – 

    ‘........ यो मेरो गाडीको नम्बर टिपिराख । कतै दुर्घटना भइहाल्यो भने म त्यो बस दुर्घटनामा परे की परेन भनेर तिमीलाई कन्फर्म गर्न सजिलो हुन्छ ।’ पूर्व सहकर्मी सीमा खड्का (हाल अमेरिका) ले गतवर्ष सँगै रेडियोमा समाचार पढ्दै गर्दा भनेका यी शब्दले मन चसक्क घोचेको थियो । कतै आफैँलाई यो हविगत आइलाग्छ कि भनेर । 

    शनिबार बिहानै धादिङको गजुरीबाट बस त्रिशुलीमा खसेर दुर्घटना भएको समाचारले सबैलाई स्तब्ध बनायो । हामी गाडीमै थियो । सुर्खेतबाट छुटेको हाम्रो गाडी यो दुर्घटना हुँदा बुटवल पुग्नै लागेको थियो । 

    लगत्तै काठमाडौँकै साथीले फोन गरेर सुनायो ‘त्रिशुलीमा बिहानै ५ बजे यात्रुबाहक बस खसेको छ । राजबिराजबाट आएको । अहिलेसम्म चार जनाको ज्यान गएको छ । बाँकी विवरण आउन बाँकी छ । अलि ख्याल गरेर आउनु ।’

    दुर्घटनाको समाचार सुनेपछि मुटुले ठाउँ छोड्यो । यसपटक दशैँ तिहारमा धेरै जनाको ज्यान जाने गरी कुनै दुर्घटनाको खबर पढ्नु परेको थिए । तर तिहार मनाएर काठमाडौँ नआइपुग्दै ठुलै दुर्घटनाको समाचार कानमा ठोक्कियो । थररर काप्यो शरीर । तर पनि त्यति डर लागेन । किन कि म चढेको गाडीले दिउँसोको समयमा त्रिशूली नदी किनाराको सडक पार गर्नेवाला थियो ।   

    तर म धेरै बेरसम्म निडर रहन सकिन । हाम्रो गाडी चितवनको रामनगरमा यात्रुले पिसाब गर्ने भनेपछि रोकिएको थियो । पछाडीबाट बेतोडले आएको मिनिट्रकले रोकिराखेको हाम्रो बसलाई ठक्कर दिएपछि ममा डर बढ्यो । 

    हाम्रो गाडी रोकिराखेको भएर कसैलाई केही भएन । गाडीको पछाडीको साइडलाइटको भने नाम निशान रहेन् । मिनी ट्रक साहु आफैँले आएर फुटेको सिसा बनाईदिने भनेपछि झण्डै एक घण्टा ढिलो गरी गाडी मुग्लिनतिर लाग्यो । 

    त्यतिबेला काठमाडौँबाटै फोन गरेको अर्को साथीले एकै सासमा सुनायो ‘त्रिशुलीमा भएको बस दुर्घटनामा त २१ जनाको ज्यान गएछ । गाडी अझै नदीमा छ रे । अरु पनि हराइरहेका छन् । त राम्रोसँग आइजा है । बाटोको भर छैन् ।’

    आँखै अगाडि आफू चढेको रोकिराखेको गाडीलाई मिनिट्रकले ठक्कर दियो । आफ्नो कुनै गल्ती नभए पनि कहाँनेर के हुने हो ? भन्ने डर मलाई लाग्न थाल्यो । 

    बेलुकीको साढे ५ बजे गजुरी आइपुगियो । प्रहरी र स्थानीयबासिन्दा सप्तरीबाट आएको बस खसेको ठाउँमा थिए । हामीले बसको झ्यालबाट चिहाएर हेर्‍यौँ ३१ जनाको ज्यान लिने दुर्घटनास्थललाई । 

    घाइते र मृत्तकलाई नदीबाट निकाल्ने खाली स्ट्रेचर सडक किनारामा थिए । तर घटनास्थलमा न घाइते थिए न त मृत्तक नै । थियो त त्यै सडक छाडेर त्रिशुलीको पानीमा पुगेको खाली गाडी । त्यो पनि आधा भाग पानी र आधा किनारामा भएको अवस्थामा । डुंगामा चढेका प्रहरी पानीमा बेपत्ता भएकालाई खोज्दै थिए । 

    बर्षेनी ठुल्ठुला दुर्घटना भइरहने त्रिशूलीमा आफनै आँखाले खसेको बस देखे । मनमा चिसो पस्यो । किन कि हामी पनि त्यही त्रिशुलीको किनाराबाट गन्तव्य लाग्दै थियौँ । गाडीमा म सहित झण्डै ५०/६० जना थियौँ होला । 

    गाडी सिम्ले आएर रोकियो । यात्रु हल्का भए, पानी, फ्रुटी लगायतका खानेकुरा किने । घरबाट हिँडेको २४ घण्टा पुरा भएको थियो । तर काठमाडौँ पुगेका थिएनौँ ।  गाडी १५ मिनेटजति रोकिएपछि फेरि हिँड्यो । 

    गाडी नागढुंगाको मुख्य उकालोमा थियो । त्रिशूली किनाराको सडक पनि सकिएको र अब नागढुंगा कटेपछि काठमाडौँ आइपुग्छ भनेर हामी पनि ढुक्कको श्वास फेर्ने हतारोमा थियौँ । 

    नागढुंगा चेकपोष्ट पुग्नु अगाडीको उकालोमा गाडीबाट छ्वास्स आवाज आयो । लौ जा फेरि टायर पञ्चर भयो । सबैले यसै भन्यौं । किन कि सुर्खेतदेखि नागढुंगासम्म आइपुग्दा यसअघि दुई पटक टायर पञ्चर भएको थियो । 

    छ्वास आवाज आए पनि चालकले गाडी रोकेनन् । अगाडी कुदिरहेको गाडी त पछाडी पो गुड्न थाल्यो । गाडी ब्याक भयो, भइरह्यो । हाम्रो मुटुले ठाउँ छाड्यो । अब मरिने पक्का भयो भनेर त्रिशूलीमा खसेको बस सम्झे मैले । 

    गाडी भित्र कोलाहल मच्चिएको थियो । सबै जना चिच्याउँदै थिए । म बसको झ्यालपट्टी थिएँ । बसको सिसा खोलेर बाहिर हेरौँ भन्ने सोच्दा नसोच्दै बस जोडले पछाडी पर्खालमा ठोक्कियो ।

    त्यो उकालोमा छ्वास आएको आवाज गाडीको टायरबाट होइन रहेछ । एअर प्रेसर फुटेर हावा निस्किएको रहेछ । जसका कारण गाडी रोकिन नसकेको रहेछ । पर्खालमा ठोक्किएर गाडी रोकिएपछि थाहा भयो । गाडी भीरतिर नभई अर्को छेउतिर गएर ठुलो पर्खालमा ठोक्किएछ । चालकले ब्रेक नलागेपछि स्टेरिङ घुमाएर वालमा बजारिने गरी मोडेछन् । 

    धन्य ! ज्यान जोगियो । बिहानभरी दुर्घटनाको समाचार सुनेका हामी सबै जना आफैँ मृत्युको समाचार बनेनौ । बाँच्यौँ । भाग्यले बाँच्यौ । सबैले एकआपासमा खुशी साट्यौँ । 

    यदि गाडी दुई मिटर तलतिर ब्रेक फेल भएको भए । हामी कसैको ज्यान जोगिने वाला थिएन । तर भाग्य भनौ । जहाँनेर गाडीको ब्रेक फेल भयो । त्यहाँ फराकिलो सडक र दुबैतिरबाट ठुल्ठुल्ला पर्खाल थिए । 

    त्यसमा गाडी अड्याउने योजना अनुसार चालकले स्टेरिङ घुमाइ रहे । उनले त्यो बेला चालक सिटको ढोका खोलेर भागेनन् । सबैको ज्यान जोगाउनेगरी स्टेरिङ घुमाईरहे । उनको सावधानीले गाडी छेउको पर्खालमा अडियो । यदि त्यो पर्खाल नहुँदो हो त । सायद समाचार लेख्ने र पढ्ने म आफै मृत्युको समाचार बन्थे । तर संयोग ठूलो दुर्घटनाबाट जोगियौँ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org