ताजा खबर

समाचार

  • ‘म यस्तो गीत गाउँछु’ लिएर पोल्याण्ड उडे सुदर्शन र पुजा

    news

    निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मा चलचित्र पोल्याण्ड उडेका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’को बिशेष स्क्रिनिङको लागि निर्देशक र नायिका पोल्याड उडेका हुन् । नेपालमा गज्जबको ब्यापार गरेको यो सिनेमाले बिदेशमा पनि आफ्नो शोहरु गरिरहेको छ । २०७३ असार ३० गतेबाट प्रदर्शनमा आएको सिनेमाले अन्य देशहरुमा केहि शोहरु गरिसकेको छ ।

     

    पहिलोपटक युरोप भ्रमण गर्न लागेका सुदर्शन र पुजाले नाभेम्बर २६ मा हुने पोल्याण्डको शो मा सरिक हुनेछन् भने आफ्नो निजी कामहरु पनि भ्याउनेछन् । चलचित्रलाई युरोपको बिभिन्न देशहरुमा प्रदर्शन गरिने छ तर अहिलेको लागि भने पोल्याण्डमा मात्र प्रदर्शन गर्न लागेको निर्देशक सुदर्शन थापाले बताएका छन् । एक साताको लागि पोल्याण्ड बस्ने सुदर्शन र पुजाले त्यहाँ बस्दा आगामी चलचित्र ‘म यस्तो गीत गाउँछु २’को लागि लोकेसन हेर्ने बुझिएको छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org