कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष बलराम उपाध्याय खकुरेल

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

    प्रायः विवाह जुर्छ कि जुर्दैन भनेर केटा र केटीको गुण हेर्ने गरिन्छ । यसरी गुण मिलाउनको लागि विशेष गरेर ८ कुराको विचार गरिन्छ । ति हुन् :— १) वर्ण, २) वश्य, ३) तारा, ४) योनी, ५) ग्रह मैत्री, ६) गण, ७) भकुट र ८) नाडी

    यीमध्ये प्रत्येकमा निश्चित गुणहरु रहन्छन् । यसरी यी ८ वटा कुराको गुणको संख्या मिलाउँदा जम्मा ३६ गुण हुन्छ । यसकारण ज्योतिष शास्त्र अनुसार हरेक मानिसमा ३६ गुण हुन्छ । यही गुणको आधारमा उसका स्वभावहरु पनि हुने गर्दछन् । विवाह जुर्छ कि जुर्दैन भन्ने कुराको विचार गर्दा केटा र केटीको यही ३६÷३६ गुणमा  कति गुण मिल्छ हिसाब गरिन्छ । यसमा ३६ गुण मात्र विचार गर्ने भएकाले कहिले पनि विवाह जुराउँदा ३६ भन्दा बढी गुण आउँदैन ।

    ज्योतिष शास्त्रमा केटा र केटीको कुण्डली विचार गर्दा कम्तिमा पनि १८ गुण मिल्नैपर्छ । १८ भन्दा कम गुण आएमा विवाह जुर्दैन । १८ देखि २० गुण सम्म अएमा यसलाई मध्यम मानिन्छ । २१ देखि ३० गुण सम्म गुण आएर विवाह भएमा  यसलाई उत्तम सम्बन्ध हुने मानिन्छ र ३० देखि ३६ सम्मको गुण आएमा सम्बन्ध अति राम्रो हुने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।

    यसरी कुण्डली जुराउँदा एउटाको राशिदेखि अर्कोको राशि छैटौँ वा आठौमा पर्नु चाहिँ राम्रो मानिँदैन । यसलाई षडाष्टक दोष भनिन्छ । एउटाको राशिदेखि अर्कोको राशि एकआपसमा दोश्रो र बाह्रौँमा पर्नुलाई पनि अशुभ मानिन्छ । यसलाई द्विद्वादश दोष भनिन्छ भने,  एक अर्काको राशि पाचौँ वा नवौँमा पर्नुलाई पनि खासै राम्रो मानिँदैन । यसलाई नवम पञ्चक दोष भनिन्छ । यदी विवाह जुराउँदा षडाष्टक, द्वि–द्वादश र नवम पञ्चक दोष नभएमा १६ गुण भन्दा माथि आए पनि विवाह गर्नु शुभ हुन्छ ।

    विवाह जुराउँदा यी ८ कुराको विचार गरेर गुण अर्थात् स्वभाव मिल्छ कि मिल्दैन भनेर जानकारी लिनैपर्छ । यदि गुण राम्रो मिल्दैन भने विवाह पछि सम्बन्ध पनि राम्रो हुन सक्दैन भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ । मांगलिक योग हुँदैमा डराउनु भने पर्दैन । किनकी यो संसारमा लगभग ४० प्रतिशन मानिस मांगलिक हुने गर्दछन् । मांगलिक योगले सम्बन्धमा समस्या ल्याउने भएपनि यसले व्यवसायिक रुपमा भने मानिसलाई निकै सफलता दिने मानिन्छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org