कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • चैतमा आउने भयो साम्राज्ञीको ‘तिमी सँग’

    news

    पछिल्लो सयमकी चर्चित र ब्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तेश्रो चलत्रिच ‘तिमी सँग’को प्रदर्शनम मिती पक्का भएको छ । चलचित्रका निर्माता तथा निर्देशक शिशिर राणाका अनुसार चलचित्र ‘तिमी सँग’ अब चैत्र २३ गते प्रदर्शन हुने भएको छ । अन्नपूर्ण बेस क्याम्पमा छायांकन सक्काईएको यो फिल्मको अहिले प्रोस्ट प्रोडक्सनको कामहरु भइरहेको छ ।

     

    चलचित्रलाई यसअघि नै प्रदर्शन गर्ने भनिएता पनि चलचित्रको कामहरु बाँकी नै रहेको र राम्रो रिलिज मितीको अभावमा पछि धकेलिदैँ आएको थियो । चलचित्रमा साम्राज्ञीलाई नाजिर हुसेन र आकाश श्रेष्ठले साथ दिएका छन् । दुईओटा गीत र टीजरसमेत हिट भइसकेको चलचित्रको प्रचारप्रसारमा अब गज्जबले लाग्ने चलचित्रका निर्देशक राणाले बताएका छन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org