समाचार

  • चोभारको गुम्बाका धर्मगुरुद्वारा उपचारका नाममा महिलाहरुको यौन शोषण

    news

    पचारका नाममा महिलारुलाई यौन शोषण गर्ने धर्मगुरु पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई मंगलबार पक्राउ गरेको हो। 

    पक्राउ परेका लामाको बारेमा प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको छ। लामाले जुनसुकै रोग पनि निको पार्न सक्ने आफूसँग दैवी शक्ति रहेको भ्रममा पारेर उपचार गर्न आउने महिलाहरुलाई यौन शोषण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    सिआइबीका अनुसार लामाले उपचार गराउन आएका महिलाहरुलाई उपचारको क्रममा गोप्य कोठामा निर्वष्त्र गराई जवजस्ती शारिरीक सम्बन्ध राख्दै आएका थिए । ‘लामाले पिडित महिलाले उक्त कुरा कसैलाई भनेमा ठुलो क्षति हुने, पुनः रोग बल्झिने डर देखाउँदै यौन शोषण गरेको देखिन्छ,’ प्रहरी उपरिक्षक जीवन श्रेष्ठले भने,  ‘गुरु तेत्तिस कोटी देउताको अवतार भएको र गुरु रिसाएमा अनिस्ट हुने भन्दै डर र त्रासस देखाउँदै रोग निको पार्न गुरुसँगै यौन सम्पर्क राख्नुपर्ने भन्दै शोषण गर्ने गरेका थिए ।’

    उपचारका लागि पुगेका महिलालाई उनले परपुरुषसँग विवाह गरेमा रोग बल्झिएर मृत्युसमेत हुने डर देखाउँदै बारम्बार यौन शोषण गरेको अनुसन्धानबाट खुलेको श्रेष्ठले बताए।

    यसका साथै उनले युवतीहरुको अश्लील फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा राख्दै आएको समेत देखिएको छ। 

    ती धर्मगुरु विरुद्ध आधा दर्जन उजुरी परेका छन्। उनलाई जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तर्गत सिआइबीले बुधबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिसकेको छ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org