कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • अभियुक्तले न्यायाधीशकै अगाडि विष पिएपछि...

    news

    युद्ध अपराधमा दोषी मानिएका अभियुक्तले अन्तराष्ट्रिय अदालतमा हेगमा विष खाएपछि सुनुवाई स्थगित भएको छ । 

    बुधबार स्लोबोदान प्राल्जाकसहित ६ जना बोस्नियन राजनैतिक नेतृत्व तथा सैनिक कमाण्डरहरुको मुद्धामा बुधबार सुनुवाई हुने कार्यक्रम तय गरिएको थियो । स्लोबोदानलाई पूर्वी मोस्टारमा भएको युद्ध अपराधमा दोषी ठहराउँदै सन् २०१३ मा २० वर्षको जेल सजाय सुनाइएको थियो । 

    सुनुवाईकै क्रममा स्लोबोदानले ‘मैले विष पिएको छु’ भनेपछि सुनुवाई स्थगन भएको हो । स्लोबोदान उठेर हात उठाउँदै गिलासमा केही पिएको देखेपछि अदालती कारबाही रोकिएको हो । उनका वकिलले उनले विष नै पिएको बीबीसीले जनाएको छ । 

    न्यायाधीशले उनले विष पिएको गिलास माग्दै गर्दा कसैले एम्बुलेन्स बोलाएको सुनिएको बीबीसी संवाददाता अन्ना होलिगानले हेगबाट बताएकी छिन् । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org