ताजा खबर

समाचार

  • रियल मड्रिड हारबाट जोगियो, पुग्यो अन्तिम १६ मा

    news

    रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा 

    तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ४–२ को जितसहित रियल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो । 

    तेस्रो डिभिजनको क्लबसँग पराजित हुन नदिन रियल मड्रिडका लागि दुवै गोल बोर्जा मायोरलले गरे । दुवै गोलका लागि दुई महिनापछि मैदान फर्किएका ग्यारेथ बेलले सहयोग गरे ।

     बेल काल्फ इन्जुरीका कारण दुई महिनादेखि मैदान बाहिर थिए । उनी मंगलबार रातिको खेलबाट मैदान फर्किएका हुन् । चोटपछिको मैदान आगमनमा उनले राम्रो प्रदर्शन गरेका छन् । 

    १९ पटकको कप विजेता रियल मड्रिडका लागि दोस्रो लेगमा ६२ र ७० औं मिनेटमा गरी मायोरलले गोल गरेका हुन् । त्यसअघि २५ औं मिनेटमा मिल्लाको गोलबाट फुएनलाब्रादाले अग्रता लिएको थियो ।

    ८९ औं मिनेटमा पार्टिल्लाले फुएनलाब्रादाका लागि बराबरी गोल गरे । लेगानेस, सेल्टा डि भिगो र लेभान्टे पनि समग्रमा जित निकाल्दै कोपा डेल रे को अन्तिम १६ मा पुगेका छन् । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org