समाचार
-
तोकिएको भन्दा १४ लाख बढी शुल्क तिर्न विद्यार्थीलाई विराट मेडिकल कलेजको दबाब
विराटनगरस्थित विराट मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीलाई नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न दबाब दिएको छ। नेपाल सरकारको निर्णयपछि काठमाडौं विश्वविद्यालयले एमबिबिएसका लागि ३६ लाख २८ हजार रुपैयाँ भर्ना शुल्क तोकेको थियो। सोही अनुसार एमबिबिएसमा भर्ना लिएको विराटाले एक वर्षपछि ५० लाख रुपैयाँ तिर्न विद्यार्थीलाई दबाब दिएको हो।
भर्ना भएको एक वर्षपछि ट्युसन शुल्क भन्दै विराटले थप १४ लाख रुपैयाँ तिर्न दबाब दिएको भन्दै विद्यार्थीले चिकित्सा शिक्षा जाँचबुझ सम्बन्धी आयोगमा उजुरी गरेका थिए। उजुरीको सुनुवाई गर्दै आयोगले विराटलाई ‘के कति कारणले बढी शुल्क मागिएको हो?’ भनेर स्पष्टीकरण मागेको थियो। आयोगले विराटलाई अविलम्ब कागजातसहितको जफाव उपलब्ध गराउन भनेको थियो।
गत साउनमै आयोगले पत्र पठाए पनि कलेज प्रशासनले कुनै जवाफ लेखेको छैन। विराट मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थीले कलेजले अझै पनि आफूहरुलाई थप शुल्का लागि दबाब दिइरहेको बताएका छन्।