ताजा खबर

समाचार

  • को थिए अदालतमै विष पिएर मृत्युवरण गर्ने स्लोबोदान प्राल्याक ?

    news

    बोस्नियाको गृहयुद्धका युद्ध अपराधी पूर्व सैनिक कमाण्डर स्लोबोदान प्राल्याकले हेगमा चलिरहेको सुनुवाईकै क्रममा विष पिएका थिए । ७२ वर्षीय प्राल्याकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

    स्लोबोदानसँगै ६ जना सैन्य अधिकारी तथा राजनीतिक नेताको मुद्धामा बुधबार हेगमा रहेको अन्तर्राष्ट्रिय आपराधिक न्यायालयमा सुनुवाई भैरहेको थियो । बोस्निया क्रोएसियाको सेना एचभिओ) का पूर्व कमाण्डरसमेत रहेका प्राल्याकलाई मानवता विरोधी अपराधमा सजाय सुनाइएको थियो । अदालतले आफ्नो सजाय कायमै राखेको थाहा पाएपछि उनले ‘मैले विष पिएको छु’ भनेका थिए । लगत्तै एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पुर्‍याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको थियो । 

    स्लोबोदानलाई मोस्टार सहरमा गरिएको युद्ध अपराधका लागि सन् २०१३  मा २० वर्षको जेल सजाय सुनाइएको थियो । बुधबार त्यसै सजायविरुद्ध गरिएको अन्तिम अपिलमा सुनुवाई भैरहेको थियो । 

    अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशका अनुुसार प्राल्याकले सन् १९९३ मा सूचना पाउँदा पाउँदै पनि मुस्लिम समुदायमाथि सैनिकहरुले गरेको अत्याचारलाई रोक्न पहल गरेका थिएनन् । उनी घटनासँग जानकार रहँदा रहँदै पनि केही पहल गरेनन् । जसमा सयौँ मुस्लिम नागरिकको हत्या हुनुका साथै ऐतिहासिक मस्जिद भत्काइएको थियो । 

    सन् १९९५ मा बोस्नियाको सेनाले पूर्वी बोस्नियामा झण्डै ८००० मुस्लिम नागरिकको हत्या गरेको थियो । यसलाई द्वितीय विश्व युद्धपछिको सबैभन्दा ठूलो अत्याचारका रुपमा लिइने गरेको छ । 

    स्लोबोदानका बारेमा केही तथ्य 

    १९४५: स्लोबोदान प्राल्याकको जन्म केप्लिजिना(हालको बोस्निया–हर्जगोविना) मा भएको थियो । 

    १९७०–७२ः  इन्जिनियरिङ, दर्शनशास्त्र, समाजशास्त्र तथा नाटकमा स्नातक 

    १९७०–८०ः बोस्नियामा युद्ध सुरु हुनुभन्दा पहिले प्राल्यकाले धेरै वर्ष अध्यापन गरे । उनले विभिन्न शैक्षिक संस्थामा दर्शन तथा समाजशास्त्र विषय अध्यापन गरे । उनले थिएटर निर्देशकका रुमा पनि काम गरे । उनले विभिन्न वृत्तचित्र पनि बनाएका छन् । 

    १९८९ः  क्रोएसियाली सेनामा प्रवेश गर्नुभन्दा पहिले उनले ‘द रिटर्न अफ क्याटरिना कोजुल’ नामक चलचित्रको निर्देशन गरेका थिए । 

    १९९१ः युगोस्लाभियामा युद्ध सुरु हुनुभन्दा पहिले क्रोएसियाली सेनामा प्रवेश गरे । मेजर जनलर ¥याङ्कमा उनी पदोन्नत भए । 

    १९९३ः बोस्नियाली क्रोएट डिफेन्स फोर्सका कमाण्डर बने । उनलाई हतियार वितरणमा विशेष भूमिका प्रदान गरियो । 

    १९९४ः मार्चमा अमेरिकामा क्रोएसियाली तथा मुस्लिम सेनाका नेता बीच एक युद्धविराम सम्झौता भयो । 
    युद्धपश्चात उनी व्यवसायमा लागे । राजधानीमा उनले होटेल, बिल्डिङ तथा रेस्टुरेन्टमा लगानी गरे र 

    २००४ः आफूविरुद्ध लागेको विभिन्न आरोपमा निर्दोष रहेको भन्दै उनी अन्तर्राष्ट्रिय अदालत हेग पुगे । अस्थायी रुपमा उनको रिहाई भयो । यसै वर्ष मोस्टारमा रहेको ऐतिहासिक पुलको पुनर्निर्माण गरियो ।

    २०१२ः हेगको सैन्य कारागरमा फर्कन आदेश दिइयो । 

    २०१३ः मानवता विरोधी युद्ध अपराधमा दोषी ठहराउँदै उनलाई २० वर्षको जेल सजाय सुनाइयो । 

    २९ नोभेम्बर २०१७ः जेल सजायविरुद्ध गरेको अन्तिम अपिलमा सुनुवाई भैरहेको समयमा अदालतमै उनले विष पिए । उपाचारका लागि अस्पताल लगिए पनि उनको अस्पतालमै मृत्यु भयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org