समाचार

  • बैशाखमा आउँदै ‘डमरुको डण्डीबियो’

    खगेन्द्र लामिछानेको कथा तथा अभिनय रहेको चलचित्र ‘डमरुको डण्डीबियो’ बैशाखमा प्रदर्शन हुने भएको छ । टुकी आर्टसको ब्यानरमा बनेको चलचित्रको छायांकनको काम सकिईसकेको छ । सम्पादनमा रहेको चलचित्रलाई बैशाखमा रिलिज गर्ने तयारी भईरहेको बुझिएको छ । प्रितम पाण्डेले सम्पादन गरिरहेको यस फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

     

    लोप हुदै गएको खेल डण्डीबियोलाई मुख्य विषय बनाएर तयार गरिएको यस फिल्ममा खगेन्द्रसँगै अनुप बराल , मेनुका प्रधान , बुद्धि तामाङ, नमिता घिसिङ, लक्ष्मी बर्देवा, नन्दन थापा, मिश्री थापा लागायतका कालाकरहरुको अभिनय रहेको छ । खगेन्द्रको यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ र ‘धनपति’मा कथा लेखन र अभिनय गरिसकेका छन् । खगेन्द्र पत्नी रोजिना सिटौलाले निर्माण गरेको चलचित्र बैशाखमा प्रदर्शनमा आउने भनिएता पनि ठ्याक्कै मिती भने घोषणा गरिएको छैन ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org