कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • आज सार्वजनिक बिदा

    १५ मंसिर–सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा शुक्रबार विदा दिएको छ। उनी इस्लाम धर्मका प्रवर्तक र अल्लाहका अन्तिम शन्देशवाहक मानिन्छन्। हजरत मुहम्मदको जन्मदिन नेपालका मुस्लिम समुदायले पनि श्रद्धापूर्वक मनाउने गर्छन् ।
     
    शुक्रबार सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली नियोगहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भइसकेको मन्त्रालयले सूचनामार्फत जनाएको छ। शुक्रबार सार्वजनिक विदा दिएपछि अब सरकारी कार्यालयहरु सोमबार मात्र खुल्ने भएका छन्। आउँदो आइतबार उधौली पर्वमा पनि सार्वजनिक विदा परेकाले सरकारी कार्यालय सोमबारमात्र खुल्ने भएका हुन्। मंसिर २१ गते प्रदेश तथा प्रतिनिधिसभा चुनाव हुने ४५ जिल्लाका शैक्षिक संस्थाहरु भने अब मंसिर २२ गतेमात्र खुल्ने भएका छन् ।
     
    सरकारले चुनाव हुने जिल्लाका शैक्षिक संस्थाहरुमा मंसिर १८ देखि २१ गतेसम्म चार दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेकाले काठमाडौंलगायत दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा चुनावपछि मात्र शैक्षिक संस्था खुल्नेछन्। त्यस्तै गृह मन्त्रालयले ईसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमस डे को दिन पुस १० गते पनि विदा दिने जानकारी दिएको छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org