ताजा खबर

समाचार

  • जिम्बाब्वेको नयाँ सरकारप्रति पनि नागरिक असन्तुष्ट

    १५ मंसिर–जिम्बाब्वेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । ३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अघि मनाङगाग्वाले शपथग्रहण गरेका थिए ।

    नयाँ सरकारमको विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयो नियुक्त भएका हुन् । उनले दुई हप्ताअघि सेनाले शक्ति लिएको सरकारी टेलिभिजनमा नाटकीय रुपमा घोषणा गरेका थिए ।

    जिम्बाब्वेमा वायु सेनाका प्रमुख पेरेन्स सेरीलाई भूमि तथा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ बनेको सरकारप्रति पनि नागरिक असन्तुष्ट रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org