कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • कैलालीमा एचआईभीबाट मृत्यु र संक्रमित दर घट्दै

    news

    १५ मंसिर–कैलालीमा एचआइभी संक्रमण घट्नुका साथै संक्रमितहरुको मृत्युदर घट्दै जान थालेको एक तथ्यांकले देखाएको छ । ३० औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थ केयर फाउण्डेशनद्वारा बिहिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एड्स संक्रमण र संक्रमतिको मृत्युदर घट्दै गएको तथ्यांक सार्वजनिक गरिएको हो । पछिल्लो समयमा जनचेतनाको विकाससंगै संक्रमतिहरुले एआरटी औषधिको प्रयोग गर्न थालेपछि एचआइभी/एड्स संक्रमण र संक्रमितहरुको मृत्युदर कम हुदै गएको जनाइएको छ। 

    चेतनाको विकाससंगै संक्रमितहरुले रोग एचआइभी एड्स विरुद्धको औषधि एआरटीको सेवाले कैलालीमा एचआइभीको संक्रमण र संक्रमितहरुको मृत्युदर घट्दै गएको हो । जिल्ला एड्स हेल्थ फाउण्डेशनको तथ्यांकअनुसार कैलालीमा पछिल्ला वर्षहरुमा एचआइभीको संक्रमण घट्दो क्रममा छ। 

    आर्थिक वर्ष २०७२/७३ एचआइभी एड्सबाट मृत्यु हुनेको संख्या झण्डै ४० जनाको हाराहारीमा थियो भने आर्थिक वर्ष २०७३/७४ मा त्यो संख्या करिब आधाले घटेर २० जनामा सीमित भएको थियो भने आर्थिक वर्ष २०७४/७५ को कार्तिकसम्ममा १० जनाको मृत्यु भएको एड्स हेल्थ केयर फाउण्डेशन माधव पन्तले बताए।

    जिल्लाको दुई ठाउँ धनगढीस्थित सेती अञ्चल अस्पताल र टिकापुर अस्पताल परिसरमा एआरटी सेन्टर सञ्चालित छन् । जिल्लामा २००६ देखि हालसम्म एचआइभी सेवामा दर्ता भएका ३ हजार ४ सय ३ जनामध्ये २६० जनाको मृत्यु भएको छ। 

    २००६ देखि यस आर्थिक वर्षको कार्तिकसम्ममा एक हजार पा“च सय ३४ महिला, एक हजार चार सय ८५ पुरुष, तीन सय ७४ बालबालिका र १० तेस्रो लिंगी गरि  तीन हजार चार सय ३ जना संक्रमित रहेका छन्। 

    सो अवधिमा एक हजार एक सय दुई पुरुष, एक हजार ४९ महिला, दुई सय १४ बालबालिका र छ तेस्रो लिंगी गरि दुई हजार तीन सय ७१ जनाले एआरटी सेवाका लागि दर्ता भएकोमा चार सय २९ पुरुष, छ सय नौ महिला, एक सय २० बालबालिका र छ तेस्रो लिंगी गरि एक हजार एक सय ६६ जनाले एआरटी सेवा लिईरहेको बताए। 

    कैलालीमा हाल चार सय ५१ पुरुष, छ सय २६ महिला, एक सय आठ बालबालिका र चार तेस्रो लिंगी गरि एक हजार एक सय ८९ जनाले एआरटी सेवा लिईरहेको फोकल प्रसन ओझाले बताए । 
    त्यसबाहेकका अन्यले विभिन्न ठाउ“बाट औषधि खाइरहेको तथ्यांक छ । जिल्लामा सञ्चालित एआरटी सेन्टरमा कैलालीसहित कञ्चनपुर, डोटी, बर्दिया, डडेलधुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायतका जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितलेसमेत एआरटी औषधि खाइरहेका छन् । अहिले चेतना विस्तारसँगै संक्रमण कम हुँदै गएकाले चुतनामुलक कार्यक्रमलाई ग्रामिण क्षेत्रसम्म प्रभावकारी रुपमा लिन सके संक्रमणको अवस्थालाई धेरै कम गर्न सकिने सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट कपिल गौतमले बताए।

    पछिल्लो तथ्यांकअनुसार देशभर नै एचआइभी एड्स संक्रमणको अवस्था कम हु“दै गइरहेको छ । अहिले देशभर ३२ हजार सात सय ३५ एचआइभी संक्रमित रहेको अनुमान गरिएको भएपनि ३० हजार २ सय संक्रमित मात्रै दर्ता भएका छन्। 

    यसैबीच विश्व एड्स दिवसको अवसरमा एचआइभी÷एड्स रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दैछन् । जसमा शुक्रबार ट्राफिक चौराहादेखि प्रभात फेरि निकालिनेछ । त्यस्तै बा“की दिनमा हाजिरीजवाफ प्रतियोगिता, विरामीलाई फलफूल वितरण, सूचना सन्देश प्रसारण, कण्डम वितरण र निःशुल्क एचआइभी परिक्षण र परामर्शलगायतका कार्यक्रम गरि जिल्लामा मनाईने जनाईएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org