कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • लैगिंक हिसां निवारणका लागि एकजुट हुनुपर्छः रश्मी श्रेष्ठ

    १६ मंसिर–महिला विकास अधिकृत रश्मी श्रेष्ठले लैगिंक हिसां निवारणका लागि सबै जना एक जुट हुनुुपर्ने बताउनुभएको छ । उहाँले सरकारी, गैरकारी संस्था तथा संचारमाध्यम सबै मिलेर हिसां विरुद्ध आवाज उठाउदै जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।
     
    लिंगकै आधारमा हुने भेदभावमा बढि पिडित महिलाहरु हुने गरेको भएपनि पछिल्लो समय पुरुषहरु पनि पिडित हुने गरेको उहाँको भनाई छ । वैदेशिक रोजगारीको शिलशिलमा बाहिरा जाने क्रममा घरपरिवारमा विचलन आउने घटनाले पुरुषहरु मानसिक तथा आर्थिक रुपमा पिडीत बन्न पुगेको सोलुखुम्बुमै पनि उदाहरण रहेको उहाँले दावी गर्नुभयो । सोलुखुम्बुमा महिलाहरु माथि कुटपिट, शारीरिक यातना, गाली वेइज्जती, बहुविवाह, बालविवाह, बलात्कार, जबरजस्ती करणी, सम्पत्तिमा अधिकार कटौती जस्ता हिसा हुने गरेको छ । महिला विकास अधिकृत श्रेष्ठले घर भित्रको वा बाहिरा जताको भएपनि अन्याय सहन नहुने भन्दै यसका विरुद्धका शसक्तिकरणको खाँचो रहेको बताउनुभएको भयो । 
     
    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२/७३ बहुविवाहको २, जबरजस्ती करण उद्योगको ५, घरेलु हिसांको २०, कुटपिटको २९ वटा घटना दर्ता भएको छ । आर्थिक बर्ष २०७३÷७४ मा जबरजस्ती करणी उद्योगकको ५, घरेलु हिसांका २३ र कुटपिटका १४ वटा घटना दर्ता भएको छ । चालु आर्थिक बर्ष २०७४÷७५ मा जबरजस्ती करणको २, जबरजस्ती करणी उद्योगमा ४, कुटपिटका २ र घरेलु हिसांका ८ वटा मुद्धा दर्ता भएको छ । घटनाका दोषिहरुलाई उन्मुक्ति नपाउने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले जिल्लामा लैगिंक हिसां विरुद्धको १६ दिने अभियानका क्रममा विभिन्न कार्यक्रम चलिरहेका छन् । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org