कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • ‘विश्वकपको डेब्युमै अर्जेन्टिना प्रतिस्पर्धी, उत्साहित छौं’

    news

    आइसल्याण्डले गएको वर्ष भएको युरोकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुबलमा चासो राख्ने सबैलाई चकित पारेको थियो । युरोकपमा आफ्नो जादु देखाउँदै अन्तिम ८ सम्म पुगेको आइसल्याण्डले आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएर अर्को इतिहास बनाएको छ । 

    पहिलो पटक विश्वकप खेल्न थालेको आइसल्याण्ड शुक्रबार मस्कोमा भएको ड्र अनुसार दुईपटकको विश्व विजेता अर्जेन्टिना रहेको टिममा परेको छ । समूह ‘डी’ मा आइसल्याण्डसँगै विश्व फुटबलमा यो समयका उत्कृष्ट खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया छन् । 

    विश्वकपमा डेब्यु गरेको आइसल्याण्डले पुरोनो र बलियो टिम अर्जेन्टिनासँग आउँदो जुन १६ मा मस्कोमा खेल्ने छ । आइसल्याण्डका प्रशिक्षक हेइमिर हालग्रिमसनले दुईपटकको विजेता अर्जेन्टिनासँगको खेलका लागि आफूहरु प्रतिक्षारत रहेको बताएका छन् ।

    ‘विश्वकप फुटबलका बारेमा सोच्ने बित्तिकै सबैले अर्जेन्टिना र ब्राजिलका बारेमा जरुर सोच्छन् ।’ प्रशिक्षक हालग्रिमसनले भने ‘त्यसमा पनि हाम्रो विश्वकपको डेब्यु खेलमा अर्जेन्टिनासँग खेल्न पाउनु भाग्यको रुपमा लिन्छु, हामी त यसका लागि उत्साहित र रोमाञ्चित छौं ।’ तर यो खेल निकै कठिन हुने पक्का रहेको उनले बताए ।

    विश्वकपमा छनौट हुने कम जनसंख्या भएको देश आइसल्याण्डले समूह चरणको दोस्रो खेलमा अफ्रिकी देश नाइजेरियासँग २२ जुन तथा समूहको अन्तिम खेलमा युरोपको क्रोएसियासँग खेल्नेछ ।

    क्रोएसियाका बारेमा आफूहरुलाई धेरै थाहा भए पनि नाइजेरियाका बारेमा कम रहेको प्रशिक्षक हालग्रिमसनले बताए । तर नाइजेरियाको इतिहास थाहा रहेकाले आफूहरु अघि बढ्ने लक्ष्यका साथ खेल्ने उनको भनाई छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org