ताजा खबर

समाचार

  • कर कटौतीसम्बन्धी विधेयक अमेरिकी सिनेटद्वरा अनुमोदन

    अमेरिकी सिनेटरहरुले व्यापक कर कटौतीसम्बन्धी विधेयक अनुमोदन गरेका छन् । राष्ट्रपति बनेयता डोनाल्ड ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित हो।

    कम्पनीहरु तथा केही व्यक्तिमाथि लाग्दै आएको कर कटौती गर्ने परिकल्पना विधेयकले गरेको छ । पछिल्लो कदमलाई सन १९८० को दशकयताकै सबैभन्दा ठूलो करसम्बन्धी फेरबदल भनिएको छ । यो विधेयकको पक्षमा ५१ र विपक्षमा ४९ मत परेको थियो । विपक्षि पार्टीहरुले भने यो विधेयकले ठूला व्यवसायलाई मात्रै फाइदा पुग्ने बताएका छन् ।

    विधेयक अनुमोदन भएपछि राष्ट्रपति ट्रम्पले रिपब्लिकनहरुलाई धन्यवाद दिंदै काम गरेर जीवनयापन गर्ने परिवारका लागि व्यापक कर कटौती गर्ने दिशामा एक कदम नजिक पुगेको टिप्पणी गरेका छन् ।

    अब सिनेटले पछिल्लो कानूनलाई तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले गत महिना पारित गरेको कानूनसँग एकीकृत गर्नुपर्नेछ। त्यसपछि त्यसमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन ।
    नयाँ ऐन अनुसार कम्पनीहरुसँग सम्बन्धित कर ३५ प्रतिशतबाट २० प्रतिशतमा झारिएको बीबीसीले जनाएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org