ताजा खबर

समाचार

  • विराट कोहलीले तोडे ब्रायन लाराको कीर्तिमान

    news

    मंसिर १७ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कप्तानका रुपमा सबैभन्दा बढी दोहोरो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् ।

    भारतको नयाँ दिल्लीमा श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा दोहोरो शतक बनाएका कोहलीले कप्तानका रुपमा सबैभन्दा बढी ६ पटक दोहोरो शतक बनाउने कीर्तिमान बनाएका हुन् ।

    यसअघि यो कीर्तिमान वेष्ट इण्डिजका कप्तान ब्रायन लाराको नाममा थियो । लाराले कप्तानका रुपमा ५ पटक दोहोरो शतक बनाएका थिए ।  

    तीन खेलको टेष्ट श्रृङ्खलामा भारत १–० ले अघि छ  । निर्णायक मानिएको तेश्रो टेष्टमा विराट २ सय ४३ रन बनाएर आउट भए । २ सय ८७ बल खेलेका उनले २५ चौका पनि प्रहार गरे । टेष्ट क्रिकेटमा उनको यो सबैभन्दा उच्च रन स्कोर पनि हो । यसअघि उनको उच्च स्कोर २ सय ३४ थियो । कोहलीले श्रीलंकासँगको दोश्रो टेष्टमा पनि दोहोरो शतक बनाएका थिए ।

    सन् २०११ मा वेष्ट इण्डिजसँगको खेलबाट टेष्ट क्रिकेटमा डेब्यु गरेका विराटले गएको वर्ष वेष्ट इण्डिजसँगको खेलमा नै उसकै मैदानमा पहिलो दोहोरो शतक बनाएका थिए । त्यसपछि न्युजिल्याण्ड र इंग्ल्याण्डसँगको खेलमा दोहोरो शतक बनाएका कोहलीले यसै वर्ष बंगलादेशसँग एक र श्रीलंकासँगको खेलमा दुई वटा दोहोरो शतक बनाएका हुन् । 

    उनले भारतीय खेलाडीका रुपमा ६ वटा शतक बनाउने वीरेन्द्र सेहवाग र सचिन तेन्दुलकरको कीर्तिमानसँग पनि बराबरी गरेका छन् । यससँगै कोहली लगातार तीन शतक बनाउने दोश्रो भारतीय कप्तान पनि बनेका छन् । यसअघि राहुल द्रविडले सन् २००२ मा लगातार शतक बनाएका थिए ।

    यस्तै कोहलीले टेष्ट क्रिकेटमा ५ हजार रन पूरा गरेका छन् । ६२ खेल खेलेका कोहलीले १ सय ५ इनिङमा ५ हजार रन पूरा गरेका हुन् । कप्तानकै रुपमा उनले ३ हजार रन पनि पूरा गरिसकेका छन् । यसक्रममा कोहलीले टेष्ट क्रिकेटमा २० र एकदिवसीय क्रिकेटमा ३२ गरी समग्रमा ५२ शतक बनाएका छन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org