कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • कस्तो होला ऋचाको कमब्याक ?

    news

    म्युजिक भिडियो मोडलिङमा रमाइरहेका बेला विकास आचार्यले नाईं नभन्नु लमा हिरोइन बनाए, ऋचा सिंह ठकुरीलाई । चल्तीका स्टार जीवन लुईंटेलसँग स्क्रिन सेयर गर्न पाउँदा उनको खुसीको ग्राफ अझ माथि उक्लेको थियो । त्यसमाथि फिल्म व्यावसायिक रुपमा हिट पनि भयो । त्यसपछि त के चाहियो र, ऋचाले भटाभट फिल्म खेलिन् । मनमनै मन पराएँ, माया गर ल, खुड्किलो, म तिम्रै भइसकेँ आदि–आदि । तर, दुर्भाग्य १ कुनै फिल्मले उनको साख जोगाएनन् । फिल्म पाउन मुस्किल हुन थाल्यो । त्यही छेकोमा गैरआवासीय नेपाली गजेन्द्रराज थापासँग विवाह गरिन् ।

     

    विवाहपछिका तीन वर्ष घरजममा व्यस्त भएकी यी हिरोइन नयाँ फिल्म लिएर आएकी छन्, सुपर गोर्खे । फिल्मलाई उनकै पतिले निर्देशन गरेका हुन् । लगानीकर्ता पनि ऋचा आफैँ । नयाँ हिरोइनहरुको बोलवाला भएको यो समयमा उनको ‘कमब्याक’ कस्तो होला ? २९ मंसिरमा सुपर गोर्खे प्रदर्शनपश्चात् नै थाहा हुनेछ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org