ताजा खबर

समाचार

  • बम बिस्पोटमा परेका गगनले भने, ‘संयोगले बाँचे’

    news

    १८ मंसिर–काठमाडौंको चपलीमा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा काठमाडौं ४ का उम्मेदवार थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ । शिक्षण अस्पतालमा उपचारपछि गगन थापा अहिले डिस्चार्च भईसकेका छन् । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले बताए ।

    भने, ‘घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नुपर्यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं । त्यसैले म बचेँ । अरु साथीहरु पर्नुभयो ।’ विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए । एक घन्टा ढिलो घरदैलो सुरु भएको भन्दै उनले भने, ‘लुजुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बचेँ । तर, मेरो पछाडिको पङ्ती पर्यो ।’

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org