समाचार

  • मेरो समयसँग बिहे गर्ने मानिस खोजिरहेछु : सीएनएन सुपर हिरो पुष्पा बस्नेत

    news

    सीएनएन सुपर हिरो भन्नासाथ हाम्रो मानसपटलमा आइहाल्ने नाम हो पुष्पा बस्नेत । नेपालमा मात्रै होइन यो नाम संसारभर नै परिचित छ र यही नामले विश्वमा नेपाल भन्ने सानो देश पनि छ भनेर चिनाएको छ । २०१६ मा सीएनएन सुपर हिरोको विजेता रहेकी पुष्पाले यो नाम कमाउनकै लागि काम गरेकी होइनन्, बरू काम गर्दै जाँदा नाम आफै कमाइँदो रहेछ भन्ने मान्यताले आज उनलाई यो सम्मानको हकदार बनाएको हो ।

    नामभन्दा ठूलो काम हो भन्ने सिद्धान्तलाई आत्मसात् गर्ने पुष्पा आफूलाई हार्ड वर्किङ ९कडा मिहिनेत गर्ने० मान्छे भन्न मन पराउँछिन् ।  ‘हेर् त सीएनएन सुपर हिरो भएर पनि सामान ओसार्ने काम गरेको १’ नयाँ फ्ल्याटका लागि करिब ८ तलामाथि सामान ओसार्दा, वरपरका मानिसहरुले भनेका कुराहरु पनि उनले सुनाउन भ्याइन् । तर मानिसले जेसुकै भने पनि काम नै सबैभन्दा ठूलो हो, काम नगरी कोही मानिस सफल हुँदैनन् भन्ने उनले गुनासो पनि गरिन् । मानिसहरु हामीले भोट दिएर सीएनएन सुपर हिरो बनाएका हौँ भन्दै गफ गरेको पनि आफूले सुनेको उनी बताउँछिन् । ‘तर आफूले कामै नगरीकन भोटले मात्रै यहाँसम्म पुगेकी त हैन, यो कुरा किन बुझ्दैनन् उनीहरु !’ यो कुरा भने पुष्पाको मनमा बिझेको छ ।

    पुष्पासँग कुराकानीका लागि उनकै कार्यालय सुन्धारा पुग्दा नयाँ फ्ल्याट सजाउनमा व्यस्त देखिन्थिन् उनी । भित्ताभरि बालबालिकाले कोरेका चित्रहरु, कार्टुनहरु देखिन्थ्यो । आजभन्दा १४ वर्षअगाडिका मेरा छोराछोरीले बनाएको चित्र हो यो, अरुलाई पेन्टिङले हटाए पनि यो चित्रचाहिँ राखेको सम्झना आउँदा काम लाग्छ भनेर । उनी हाँसिन् । त्यसो त उनले जेलमा रहेका अभिभावकका बच्चाको जिम्मा लिनथालेको वर्षौँ बितिसक्यो, तर जब पत्रकार विजयकुमारको कार्यक्रममा उनी आइन् अनि मात्रै मानिसहरुको मनमा पुष्पा बस्नेत भन्ने समाजसेवी पनि रहिछन् भन्ने पर्यो ।

    निकै हतारमा रहेकी उनले हामी पुग्नेबित्तिकै भनिन्, ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु निकै लामो अनुसन्धानपछि मात्रै वास्तविक कुरा पत्ता लगाउँछन्, अरुले भनेकै भरमा पत्याउँदैनन्, नेपाली सञ्चारमाध्यममा भने अनुसन्धानको निकै कमी छ, जसका कारण नाम चलेका व्यक्तिहरु पनि चिप्लिनपुगेका छन्, मेरो बारेमा कत्तिको अनुसन्धान गर्नुभएको छ कुन्नि, तपाईंहरुलाई थाहा नभएको कुरा मात्रै सोध्नुस्, मलाई उत्तर दिन पनि मज्जा आउँछ ।’

    उनले आफू पनि अनुसन्धान नगरी अरुले भनेको भरमा सबै कुरा नपत्याउने बताइन् । ‘कुनै कार्यक्रममा बोलाए, त्यस संस्थाको सबै कुरा थाहा नभई म जाँदिन’, उनले थपिन्, ‘अझ कवितासङ्ग्रह विमोचन, सीडी विमोचनजस्ता कार्यक्रममा त जाँदै जाँदिन । बरु त्यो समयमा अर्को नयाँ काम सकिन्छ । आफ्नो मनको कुरा पनि सुनाइन् उनले, त्यत्रो खर्च गरेर कार्यक्रम गर्नुभन्दा एक दुई लाख संस्थालाई सहयोग गरे अरु धेरै काम गर्न सकिन्थ्यो नि, खाली ताली मात्रै खानभन्दा त काम गर्नु राम्रो नि हैन र ?

    धेरै कुराहरु त अन्य सञ्चारमाध्यमले बाहिर ल्याइसकेका थिए । हामीले उनको वैवाहिक पाटोलाई सम्झायौं, ‘बिहे कहिले गर्नुहुन्छ रु’ कडा स्वभावकी उनी बिहेको कुरामा पनि कडा रुपमै प्रस्तुत भइन्, ‘आफूलाई ९ महिना पेटमा राखेर जन्माएका बाउआमाले त आफ्नो कुरा बुझ्दैनन् झन् अर्काको छोराले के बुझ्ला १ त्यसैले कोही मानिसले मनका कुरा बुझे दुई तीन वर्षमा बिहे गरौंला ।’ ‘मनमा होला नि त कोही राजकुमार, एकै नजरमा मन परेका रु’ उनी ठूलो स्वरमा हाँसिन् र भनिन्, ‘मन त मलाई सलमान खान पर्छ, मन पर्नु र बिहे गर्नु फरक हो नि ।’

    अरु साथीहरुको वैवाहिक जीवन देखेर बिहे गर्न मन नलागेको पनि उनले खुलाइन् । यति भन्दै गर्दा अर्का कुरा पनि खुलासा गरिन्, ‘मसँग हैन मेरो समयसँग बिहे गर्ने मानिस खोजिरहेछु, जसले गर्दा मेरो कामलाई असर नपरोस्, मेरा छोराछोरीलाई स्वीकार्न सकोस् ।’ आमाले सधैं तेरो साथीको त छोरा भयो, छोरी भयो भन्ने गरेको पनि सुनाउन भ्याइन् पुष्पाले । त्यसो भन्दा उनीहरुको त एक(दुई मात्रै छोराछोरी, मेरा त त्योभन्दा धेरै छन् भनेर कुरा टार्ने गरेको अनुभव छ उनको ।

    जमाउनु र स्तनपान गराउनुको अनुभव थाहा छैन तर बच्चा हुर्काएको अनुभव उनीसँग छ । ‘जन्मेको ४५ दिनदेखि आफ्नै सन्तान मानेर हुर्काएकी छोरी छिन् मेरी, अहिले पनि ३७ जना छोराछोरीकी आमा हुँ म’, उनी नरोकेरै बोलिरहिन् ।

    खान लाउन पुग्ने परिवारमा जन्मिएकी उनले राम्रै विद्यालयमा पढ्ने अवसर पाइन् । २० वर्षको उमेरमा विद्यालयबाट जेल अवलोकनमा जाने मौका मिल्यो पुष्पालाई । जब जेलमा पुगिन् तब त्यहाँ विना अपराध सजाय भोगिरहेका बालबालिका देखिन् । विभिन्न अपराधमा जेल परेका अभिभावकसँगै ती बालबालिका बिजोकसँग रहेको देखेपछि उनले तिनै बालबालिकाको अभिभावक बन्ने निधो गरिन् ।

    सुरुमा दुई बालबालिकालाई राखेर शिशु स्याहार केन्द्र खोलिन् उनले । पछि सहयोगी हातहरु प्राप्त हुँदै गयो, त्यसपछि मात्रै प्रारम्भिक बाल विकास केन्द्र खोलेर काम अघि बढाइन् । यसमा सबैभन्दा सहयोगी व्यक्ति आफ्नो बुबालाई मान्छिन् पुष्पा । बुबाले दिएको स्वतन्त्रताका कारण नै म यहाँसम्म आइपुगेको उनको अनुभव छ ।  ‘सुरुमा बुबाले पनि मैले यो काम गर्न सक्छु भनेर पत्याउनुभएको थिएन, तर रहर पूरा गर्छे भनेर छाडिदिनुभएको हो’, उनले भनिन् ।

    पछि एउटै कामलाई निरन्तरता दिएकाले आफू सफल भएको उनको तर्क छ । ‘एउटै काममा फोकस गर्नुपरयो, जेलका बालबालिका पनि हेर्छु, अनाथ बालबालिका पनि हेर्छु, भूकम्पमा परेका बालबालिका पनि हेर्छु भनेको भए म आज सफल हुने थिइनँ’, उनले भनिन् । केही संस्थाहरु सहयोगी हातका लागि मात्रै काम गरिरहेको पनि उनले खुलासा गरिन् । जसका कारण उनीहरुको नाममा धब्बा लागेका उदाहरणहरु थुप्रै छन् । ‘दुवै हातको लड्डु खान खोज्दा उनीहरुको नाम बदनाम भएको हो’, उनले कडा आवाजमा भनिन् ।

    पुष्पाका दुई छोराछोरी काठमाडौं युनिभर्सिटीमा पढ्छन् । यसो भन्दा उनलाई गर्वानुभूति हुन्छ । त्यसो त पुष्पाले कतिपय छोराछोरीलाई जान चाहेमा जेलबाट छुटेपछि उनीहरुकै अभिभावकसँग पठाइदिने गरेकी छिन् । उनी भन्छिन्, ‘बाहिरै बसे पनि पढ्नका लागि आर्थिक अभाव भए हेरिदिने गरेका छौं ।’ अहिले आफूसँग नभए पनि २० जना छोराछोरीको पढाइमा सहयोग गरिरहेको उनले बताइन् । कुराकानी गरिरहँदा फोनका घण्टीहरु पनि बजिरहेका थिए । कसैलाई भन्दै थिइन्, आमासँगै राखेर फोटो पनि खिचेर ल्याउनु है, ठूलो बनाएर बेडसँगै राखिदिनुपर्छ ।

    ठूलो भएपछि उनीहरु आफैँले थाहा पाउँछन्, आमा दुईथरिका हुँदा रहेछन् । एक जन्म दिने आमा र अर्का म अर्थात् कर्म दिने आमा । अनि उनीहरु आफै छुट्याउन सक्छन् कस्तो आमा बन्ने भनेर । अरुलाई एक दुईवटा सन्तान हुर्काउन पनि धौधौ पर्छ तपाईं ३७ जना छोराछोरी कसरी हुर्काइरहनुभएको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘मेरा छोराछोरीलाई अभिभावकले दिनुपर्ने सम्पूर्ण शिक्षादीक्षाका साथ हुर्काएकी छु ।’  यसैमा उनले थपिन्, ‘मेरो घरमा छोरीले मात्रै चुलोचौका, लुगा धुने, भाँडा माझ्ने काम गर्नुपर्छ भन्ने छैन । छोराहरु झनै यस्ता काममा पर्फेक्ट छन् ।

    छोराहरुलाई कपडा बुन्ने देखि सबै काम सिकाएकी छु ।’ हामीले पुष्पाको व्यक्तिगत अन्तर्मनका रुचिखुसीबारे पनि जिज्ञासा राख्यौँ । यसबारे उनी आफूलाई खाना बनाउन खुबै मन पर्ने बताउँछिन् । त्यसमा पनि साँधेको चिकेन खुबै मिठो बनाउने गरेको उनले दाबी गरिन् । त्यतिमात्रै होइन कपडा सिलाउन पनि उनी पोख्त छिन् ।

    बजारमा पाइने जंक फुडभन्दा आफ्नै घरमा पाकेको कुरा छोराछोरीलाई खुवाउने गरेको पनि उनले बताइन् । घरमै बजारमा पाइनेभन्दा मिठो खानेकुरा पकाएर खान्छौं । व्यस्त समयलाई व्यवस्थापन गर्दै पुष्पा फिल्म पनि हेर्दिरहिछन् । उनलाई दयाहाङ राई खुबै मन पर्छ रे । अहिलेसम्म हेरेको फिल्ममा कबड्डी कबड्डीले जति अरु फिल्मले मन नछोएको उनी बताउँछिन् । कतिपय अवस्थामा आफ्ना छोराछोरीलाई यसै फिल्मका डायलगहरु बोल्ने गरेको पनि उनले खुलासा गरिन् ।

    सीएनएन हिरोचाहिँ कसरी बन्नुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘सुरुमा २०११ का लागि नै मेरो नाम मनोनयनमा परेको हो तर ८ महिना विविध कारणले रोकिएर २०१२ का लागि मनोनयनमा पर्यो । त्यसपछि उनीहरुले मेरा बारेमा धेरै अनुसन्धान गरे अनि मात्रै म पुरस्कारका लागि योग्य ठहरिएकी हुँ ।’  ३ डिसेम्बर २०१२ अर्थात् वि।सं। २०६९ साल मंसिर १८ गतेका दिन सीएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार पुष्पालाई सीएनएन हिरो घोषणा गरेको हो । सन् २०१६ मा उनी ‘सीएनएन सुपर हिरो’ घोषित भएकी हुन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org