ताजा खबर

समाचार

  • निर्वाचन सामग्रीसहित खटिए कर्मचारी

    १८ मंसिर–मंसिर २१ गते बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि इलाममा निर्वाचन सामग्रीसहित कर्मचारी खटिन थालेका छन् । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीहरु लिएर कर्मचारीहरु धमाधम मतदान केन्द्रतिर खटिन थालेको इलामका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार जिल्लामा रहेका एक सय ४४ मतदान स्थलका दुई सय ६६ वटा मतदान केन्द्रमा तीन हजार २ सय ४ कर्मचारी परिचालन गरिएको हो । जसमा २ हजार २ सय ४ कर्मचारी र १ हजार स्वयमसेवक रहेका छन् ।
     
    चार नगरपालिका, ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका छन् । जसमा एक लाख चार हजार छ सय ९४ पुरुष र ९९ हजार तीन सय ५० महिला र दुई जना तेस्रो लिङ्गी रहेको जनाइएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org