ताजा खबर

समाचार

  • प्रचण्डलाई भोट माग्न चितवन पुगे माग्ने बुढा

    news

    हास्यकलाकार केदार घिमिरे(माग्ने बुढा) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई भोट माग्न चितवन पुगेका छन् । विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा बाम एकताको समर्थन गर्दै आएका केदार चितवनको माडीमा आयोजित एक कार्यक्रममा बाम गठबन्धनलाई समर्थन गर्न पुगका हुन् ।

    कार्यक्रममा बोल्दै केदारले बाम एकताको कारणले आफुलाई खुशी मिलेको बताएका छन् । ‘म यहाँ कुनै पार्टी प्रवेशमा आएको हैन ।’ केदारले आफु सुरक्षित बन्ने प्रयार गर्दै भने, ‘तर घरमा पनि दुई दाजु भाईबीच विवाद हुँदा सानो तिनो विवाद त वेवास्ता गर्न सकिन्छ तर धेरै ठूलो विवाद भयो भने एउटाको पक्ष लिनै पर्छ ।’

    कार्यक्रममा केदारले आफुले बाम गठबन्धनलाई सपोर्ट गर्नुको कारण खुलाउदैँ ‘आई लभ यु’ समेत भनेका छन् । ‘पहिले यो गठबन्धन बनेको हो । अनि मात्र अर्को गठबन्धन आएको हो ।’ बाम गठनबन्धनको सपोर्ट गर्दै केदार भन्छन्, ‘उहाँहरुले पहिले शुरुवात गर्नु भएका कारण मलाई यसको समर्थन गर्न मन लागेको हो ।’ कार्यक्रममा दिनेश डिसी, मनोज गजुरेल, चेतन सापकोटा, विष्णु खत्री सुरवीर पण्डित लगायतको पनि उपस्थिति थियो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org