ताजा खबर

समाचार

  • चितुवाले बाख्रा खान थालेपछि स्थानीय त्रसित

    १८ मंसिर–खोटाङमा दिउँसै खोरबाट चितुवाले बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित भएका छन् । खोरमै आएर चितुवाले दिउँसै बाख्रा खान थालेपछि खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयवासी त्रसित बनेका हुन् । चितुवाले स्थानीय लालकुमार रोइलाका तीनवटा खशी र दुईवटा बाख्रा खाएको छ ।
     
    जंगलमा चराउन लगेको समयमा आफ्ना तीन खशी र दुई बाख्रा चितुवाले खाएको लालकुुमार रोइलाले बताउनुभयो । चितुवाले रत्नबहादुर राइको खोर भत्काएर र मानबहादुर रोइलाको बाख्रा जंगलबाट खाएको हो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org