ताजा खबर

समाचार

  • थामे आधारभूत र फोर्चे आधारभुत विद्यालयको नवनिर्मित भवनको औपचारिक उद्घाटन ।

    सुबास दर्नाल/सोलु एफ एम सोलुखुम्बु ।
    २०७४ मंसिर १८–सोलुखुम्बुको थामे आधारभुत विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । २०७२ सालको विनासकारी भुकम्पबाट क्षतिग्रस्त खुम्बुपासाङ ल्हमु गाउपालीका ५ थामेको थामे आधारभुत विद्यालयको नवनिर्मित ६ कोठे भवनको आज हस्ताणतरण तथा उद्धघाटन गरिएको हो ।
     
    हिमालयन ट्रष्ट नेपालको १ करोड २४ लाख २५ हजार ८ सय ३५ रुपैया ९९ पैसा र २० लाख ५२ हजार ४ सय १६ रुपैया ३५ पैसा बराबरको जनश्रमदान गरी कुल  १ करोड ४४ लाख ७८ हजार २ सय ५२ रुपैया ३४ पैसाको लागतमा भवन निमार्ण सम्पन्न भएको हो । हिमालयन ट्रष्टका अध्यक्ष पासङ दावा शेर्पाले प्रधानाध्यापक लाखमान तामाङलाई विद्यालयलाई भवन हस्तान्तरण गर्नुभएको हाम्रा सहकर्मी खगेन्द्रराज बास्तोलाले जानकारी दिनुभयो । खुम्बु पासङल्हमु ५ का वडा अध्यक्ष छिरिङ तेन्जो शेपाको प्रमुख आथित्यता तथा विब्यस अध्यक्ष ङिमा वाङछु शेर्र्पाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
     
    यता खुम्बुपासङ ल्हमु गाउपालीका ४ फोर्चेमा रहेको फोर्चे आधारभुत विद्यालयको नवनिर्मित भवनको पनि आजै  उद्धघाटन गरिएको छ । २ कोठे भवन  हिमालयन ट्रष्ट नेपालको ४७ लाख ३७ हजार ३ सय ९७ रुपैया ७७ पैसा र ७ लाख ७ हजार ४ सय ६० रुपैया बराबरको जनश्रमदान गरी कुल  ५४  लाख ४४ हजार ८ सय ५७ रुपैया ७७ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो । विद्यालय भवनको ट्रष्टका सहसचिव मिङमा नुर्बु शेर्पाले विद्यालयका प्रधानाध्याक देबेन्द्र बास्तोला र विद्यालय व्यवस्थापन समिति  अध्यक्ष पासङ डोमा शेर्पालाई हस्तान्तरण गर्नुभएको हो  । विद्यालय भवन उद्धघाटन कार्यक्रम लाली गुरास मध्यवर्ति क्षेत्र उपभोक्ता समुहका अध्यक्ष पाल्देन नाम्गे शेर्पाको प्रमुख आथित्यता तथा विब्यस अध्यक्ष पासाङ डोमा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो ।  

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org