ताजा खबर

समाचार

  • आफ्नो घरको ढोकामा ‘हिन्दुस्तान जिन्दावाद’ लेख्ने व्यक्ति पक्राउ

    news

    पाकिस्तानको हरिपुरमा आफ्नो घरको ढोकामा भारतको समर्थनमा नारा लेख्ने एक व्यक्ति पक्राउ परेका छन् । आफ्नो घरको ढोकामा ‘हिन्दुस्तान जिन्दावाद’ लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । 

    सलाई कारखानामा काम गर्ने २० वर्षका युवकले नारा आफूले लेखेको स्वीकार गरेको प्रहरीले जनाएको छ । यी युवाले आफू बलिउड गीत र फिल्मको फ्यान रहेको र अभिनेता बन्न चाहेको बताएका छन् । भारतको समर्थनमा नारा लेखेकोमा यी युवाले अब सात वर्षसम्मको जेल सजाय भोग्नु पर्ने सम्भावना छ ।

    कानुनविदका अनुसार यस्तो नारामाथि प्रतिबन्ध नरहे पनि पाकिस्तानी दण्ड संहिताको धारा ५०५ अनुसार यी व्यक्तिलाई देश द्रोह, सैनिकको जीवन खतरामा पार्ने वा राज्य विरुद्ध हिंसा भड्काउने प्रयासको रुपमा लिन सकिनेछ । साजिद साह नाम गरेका यी व्यक्ति अहिले न्यायिक हिरासतमा छन् ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org