ताजा खबर

समाचार

  • समाज सेवाप्रति तेन्जिङको मोह ।

    news

    सुबास दर्नाल/सोलु एफ एम सोलुखुम्बु
    २० मंसिर– ङ्वाङ दोर्जी शेर्पा फउन्डेसनले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालपालीका ३ तामाखानीमा रहेको पिके माध्यमिक विद्यालयका १३ जना विद्यार्थीहरुलाई छात्रबृद्वि दिईरहेको छ । ङ्वाङ दोर्जी शेर्पा फउन्डेसनले सोलुखुम्बुको पिके मावि सहित अन्य विद्यालयको गरी २० जना जेहेन्दार तर आर्थिक स्थिति कम्जोर भएका विद्यार्थीलाई सहयोग गरिरहेको फाउन्डेसनका अध्यक्ष तेन्जिङ शेर्पाले जानकारी दिनुभयो । गाउँमा रहेर अध्यान गर्ने विद्यार्थीहरु जेहेन्दार हुदा हुदै पनि आर्थिक स्थितिका कारण अध्यानलाई निरन्तरता दिन नसक्ने भएकाले आफुले आफ्नै ब्याक्तिगत खर्चबाट केहि रकम जोगाएर विद्यार्थीलाई सहयगोग गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । सोलुखुम्बुको तामाखानिमा जन्मीएका शेर्पाले आफ्नो बाबुबाट सहयोग गर्नुपछ भन्ने पाठ सिकेको बताउनुभयो ।
     
    २०३९  बाबु ङ्वाङ दोर्जी शेर्पा र आमा सानी शेर्पाको कोख बाट जन्मेका तेन्जिङ शेर्पाको हजुरबुबा तत्कालीन समयका बेनी तामाखानिका तालुक्दार (मिजार) हुनुहुन्थ्यो । हजुरबुबाको साथमै गाउँको विभिन्न ठाउँहरुमा घुम्दै जादा एक दिन तेन्जिङलाई आकस्मत एउटा प्रश्न मनमा आयो हजुरबुबा किन यति धेरै मान्छेको घरघरमा पुग्नुभएको होला ? र उहाले हजुरबुबालाई सोध्नुभयो– जवाफमा हजुरबुबाले “अरुको सेवा गर्न भन्नुहुदै सेवा नै धर्म हो बाबु त्यसैले हामीले जहिले पनि अरुको भलो चाहानुपर्छ ।”जसबाट कलिलो उमेरका तेन्जिङमा एउटा  सोच पैदा भयोे–“ओह अरुको सेवा पनि गर्नु पर्दो रहेछ ।” तेन्जिङका बुवा ङ्वाङ दोर्जी शेर्पा हालको पिके माबिको सस्थांपक प्रधानाध्यापक तात्कालिन समयमा गाउँबाट पहिलो पटक एस.एल.सि पास गरेको ब्यक्ति थिए । गाउमा सबैको असल गुरुको रुपमा चिनिएका बाबु ङ्वाङ दोर्जीले आफ्नो छोरोलाई सधै “ सहयोगी बन्नुपर्छ है बाबु” भन्ने शब्द बाराम्बर दोहो¥याईरहनुहुन्थ्यो, तेन्जिङ सम्झनुहुन्छ । बाबु गाउको विद्यालयको प्रधानाध्यापक र हजुरबुवा तात्कालीन गाउँका तालुकदार भएकाले पनि आफुमा सहयोग गर्नुपर्छ भन्ने भावना विकास भएको तेन्जिङ बताउनुहुन्छ ।
     
    हजुरबुबाको गाउँ सेवा र बुबाको शैक्षिक योगदानबाट प्रेरित भैइ तेन्जिङ शेर्पाले श्रीमती टासि लामा शेर्पाको समेत सहयोगमा  संचालन गरेको ङवाङ दोर्जी शेर्पा मेमोरियल फउन्डेसन मार्फत शिक्षा क्षेत्रमा हाल करिब २० जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रावृद्धि प्रदान गरिरहेको बताईएको छ । यी दम्पतीले सुरुमा आफ्नै आम्दानीबाट केहि रकम बचाएर छात्रा वृद्धि प्रदान गरिरहेका थिए । हाल सो अभियानमा पिके माबि कै पुर्ब शिक्षक कामी छिरिङ शेर्पा (अमेरिका)र सोहि बिद्यालयका बिद्यार्थी आङ दावा शेर्पा (अमेरिका) अशोक श्रेष्ठ (अमेरिका) लगायत अहिले तेन्जिङका बिदेशी मित्रहरूले समेत सहयोग रहेको तेन्जिङ शेर्पाले सोलु एफ एमलाई बताउनुभयो । निकट भविश्यमै शैक्षिकसगँसगै अन्य क्षेत्रमा पनि फउन्डेसन मार्फत काम गर्ने सोचमा रहेकाले बिदेशी दातृ सङ्स्थाहरुसंग सहकार्य गरिरहेको अध्यक्ष तेन्जिङ शेर्पाले बताउनुभयो । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org