ताजा खबर

समाचार

  • राहुल गान्धी कांग्रेस आईको अध्यक्ष बन्ने पक्का

    news

    २० मंसिर–भारतको प्रमुख विपक्षी दल कांग्रेस आईको अध्यक्षमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । 

    यो पदमा गान्धीले मात्र उम्मेदवारी दिएपछि उहाँ निर्विरोध चयन हुने निश्चित भएको हो । राहुल गान्धी पाँच वर्ष यता पार्टीका उपाध्यक्ष हुनुहुन्छ । सोनिया गान्धीले १९ वर्षदेखि कांग्रेस आई पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनुभएको छ । 

    स्वास्थ्यलगायत कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै सोनियाले पद छोड्न लाग्नुभएको हो । पार्टीको महाधिवेशन सन् २०१९ मा हुँदैछ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org