कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • इलामको एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारी

    २० मंसिर – बिहीबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा इलामको रुक्मिणी विद्यालय मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । रुक्मिणी केन्द्रमा अधिकृतदेखि सहयोगीसम्म महिला कर्मचारीलाई मात्र खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मतदान केन्द्र महिलामैत्री र नमुना बनाउन जिल्ला निर्वाचन कार्यलयले महिला कर्मचारीलाई मात्रै खटाएको जनाएको छ । 
    रुक्मिणी मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुईजना सहयोगी महिला नै नियुक्ति गरिएको छ ।

    गोलाप्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट गर्दा महिला मात्रै छानिएका सहायक निर्वाचन अधिकृत जगदिश्वर भट्टराईले जानकारी दिनुभयो ।

    जिल्लामा एक सय ४४ वटा मतदान स्थल र दुई सय ६६ वटा मतदान केन्द्र निर्धारण गरीएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा २ लाख ४ हजार ४६ मतदाता छन् ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org