ताजा खबर

समाचार

  • पीएचडी गर्दै आर्यनकी श्रीमती

    news

    २० मंसिर – अभिनेता आर्यन सिग्देलकी श्रीमती सपना भण्डारी मंगलबारदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । 

    सपनाको जन्म २०४६ साल मंसिर १९ गते गोकर्णमा भएको हो । सपनाले हरेक जन्मदिन विशेष रुपले मनाउँदै आएकी छिन् । उनको परिवारले उनलाई हरेक वर्षको जन्मदिनमा स्पेशल महसुस गराउने गरेको छ । यसै कारण पनि उनी जीवनका हरेक जन्मदिन बिर्सनै नसक्ने भएर रहेको बताउँछिन् । यस पटकको जन्मदिनमा उनलाई कसले सरप्राइज दिने हो त्यस बारेमा भने अहिलेसम्म उनलाई पनि थाहा छैन । तर उनलाई कहिले दिदीले, कहिले आमा बुवाले त कहिले दाईले सरप्राइज दिँदै आएका छन् ।

    अमेरिका रहेका उनका दाईले सरप्राइज उपहार पठाएर उनको जन्मदिनलाई विशेष बनाइदिने गरेका छन् । तर श्रीमान् आर्यन भने काममा व्यस्त भएका कारण उनको जन्मदिनमा प्राय समय पनि दिन भ्याउँदैनन् । गत वर्ष उनको जन्मदिनको अवसरमा आर्यन नेपालमा थिएनन् । त्यस अघिको एउटा जन्मदिनमा आर्यनले सपनालाई चेन उपहार दिएका थिए त्यसले सपनाको जन्मदिन विशेष बनाएको थियो । किनभने सपनाले नै मन पराएको चेन अर्थात सुनको सिक्री आर्यनले किनिदिएका थिए । यो नै सपनाको जन्मदिनमा आर्यनको विशेष उपहार पनि हो । तर यस पटक भने आर्यनले उनलाई बिहानैदेखि विशेष महत्व दिईरहेका छन् । आज जन्मदिन परेकी सपनाका लागि आर्यनले आजको दिन पूरै छुट्याएका छन् ।

    आफन्तहरुको सरप्राइजका अलावा जन्मदिनमा सपनाको अर्को विशेषता हो अस्ट चिरन्जीवि पूजा । उनी हरेक वर्ष यो पूजा गर्छिन् । तर यस पटक भने उनले विशेष कारणबस यो पूजा गर्न नपाउने भएकी छिन् ।

    प्रायले जन्मदिनको अवसर पारेर केही नयाँ काम गर्ने संकल्प लिएका हुन्छन् । सपनाले पनि यस वर्षको जन्मदिनमा विशेष संकल्प गरेकी छिन् । यस विषयमा बोल्दै उनी भन्छिन्, ‘पहिले पहिले त खासै केही पनि लिँदैनथेँ । किन भने पढाईमा नै म केन्द्रित थिएँ । तर अहिले भने मास्टर पनि सकियो । अनि केही महिना भयो म घरमा बसेको पनि । त्यस कारण आफ्नै केही गर्ने की ! भन्ने सोचमा छु ।  लगभग त्यसको तयारी पूरा पनि हुन लागेको छ । केही समयमै काम सुरु हुन्छ होला । तर के गर्दैछु भन्ने कुरा चाहिँ तपाईँहरुले पछि थाहा पाउनुहुनेछ । अनि  अर्को कुरा मलाई पीएचडी गर्न पनि एकदमै मन छ ।  यो पनि म समय मिलाएर गर्ने सोचमा छु ।

    आर्यन सिग्देलको साथलाई कसरी बयान गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘एउटा कलाकारको हिसाबले उहाँको साथको बारेमा भन्नुपर्दा मलाई  बाहिर कतै जाँदा उहाँका कारण अरुले दिएको सम्मान देख्दा एकदमै खुशी लाग्छ । अनि उहाँको काम र उहाँको लोकप्रियताका कारण  मैले पनि माया पाएको छु यो मेरो लागि खुशीको कुरा हो । अनि एउटा आम मानिसको रुपमा मैले उहाँको साथलाई  भन्ने हो भने उहाँ त मैले सोचेको भन्दा पनि माथि निस्कनु भयो । मैले पहिले आर्यन सिग्देलको  बारेमा जे सोचेकी  थिएँ त्यो भन्दा पनि राम्रो पाएँ मैले ।’

    कुराकानीको क्रममा उनले सन्तान कहिले त ? भन्ने प्रश्नको जवाफ पनि दिइन् । यस बारेमा बोल्दै उनले भनिन्, ‘हामीले पनि अब यस बारेमा सोचेका छौँ । सायद अब छिट्टै नै हुन्छ ।’

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org