कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • आयुर्वेद सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय आरोग्य सम्मेलन सुरू

    news

    आयुर्वेद सम्बन्धि 'पहिलो अन्तर्राष्ट्रिय आरोग्य  सम्मेलन तथा प्रर्दशनी २०१७'  नयाँदिल्लीमा सोमबारबाट सुरू भएको छ ।
    विश्वका ७२  भन्दा  बढि देशका स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, आयुर्वेविज्ञ, उद्योगी लगायत १७० जनाको सहभागीता रहेको सम्मेलनमा आयुर्वे उपचार, औषधि र गुणस्तरका बारे छलफल हुनेछ ।

    उद्घाटन कार्यक्रममा बोल्दै भारत सरकारका उद्योग मन्त्री सुरेश प्रभुले आयुर्वेदलगायत सबै किसिमका औषधि उत्पादनका लागि  जैविक विविधतालाई जिवन्त राख्नुपर्ने अहिले मुख्य आवश्यकता भएको बताए ।

    उनले विश्वभर ३३ प्रतिशत औषधि निर्यात गरिरहेको जानकारी दिए ।

    आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेकाले आयुषले उत्पादन गर्ने औषधि लगायतका उत्पादनको करिव ११  खर्ब नेपाली  रूपैयाँ बराबरको कारोवार रहेको बताए ।
    भारतको उद्योग, आयुष मन्त्रालय  र उद्योग बाणिज्य महासंघको सयुक्त आयोजनामा  भएको सम्मेलनको भारतका आयुस राज्यमन्त्री श्रीपद यसो नायकले उद्घाटन गरेका थिए ।
    नेपालबाट आयुर्वेद चिकित्सक संघ, सिहदरवार वैद्यखाना, आयुर्वेद चिकित्सक, आयुर्वेद औषधि उद्योगका प्रतिनिधि, सञ्चारकर्मी गरि ९ जनाको सहभागिता रहेको छ ।

    सम्मेलन आगामी २१ गतेसम्म चल्नेछ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org