ताजा खबर

समाचार

  • लेक लागेर पर्यटक भरियाको मृत्यु ।

    news

    सुबास दर्नाल, सोलु एफ एम, मंसिर २०,२०७४

    सोलुखुम्बु ः       सोलुखुम्बुको नाम्चेमा लेक लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको दुकौशीका गाउपालीका ७ देउसाका २० बर्षिय  पुर्ण बहादुर राईको ट्रेकिङ जाने क्रममा लेक लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका अनुसार खुम्बु पासङ ल्हमु गाउपालीका ४ गोरक्सेपमा मा मगंलबार साझ विरामी परेका राईको इलाका स्वास्थ्य चौकी नाम्चेमा उपचारको क्रममा बुधबार विहान मृत्यु भएको हो .

    ईन्टेक कम्पनी काठमाण्डौबाट सगरमाथा बेसक्याम्पको लागी टे«किङ भरियाको रुपमा आएका राईको शव आवश्यक कानुनी प्रकृया पुरा गरि आजै परिवारलाई जिम्मा लगाइएको  जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org