ताजा खबर

समाचार

  • सोलुखुम्बुमा मतगणना तयारी पुरा, केहि समयमा मतगन्न सुरु गरिने ।

    news

    मंसिर २१, सल्लेरी ।
    मंसिर १० गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको मत गणना आजदेखि शुरु हुँदैछ ।  सोलुखुम्बुमा चार ठाउँमा बिभाजन गरि मत गणना गरिने भएको छ । बिभाजन गरि गणना गर्दा छिटो हुने भएकाले गणना कार्यलाई बिभाजन गरिएको मुख्यनिर्वाचन अधिकृत नारायण प्रसाद सुबेदिले जानकरी दिनुभयो ।  
    जिल्ला समन्वय समितिको समिक्षा हलमा प्रतिनिधि सभाको २ वटा टोलीले  मत गणना गर्नेछन् भने प्रदेशसभाको क र ख क्षेत्रमा जिल्ला प्राबिधिक कार्यालयको भवनमा फरक फरक टोलीले मत गणना गरिने बताइएको छ ।
    गणना कार्य साझ पाच बजे पछि  सुरु गरिने सर्बदलिय बैठकबाट निर्णय भएको थियो । सोही निर्णय अनुसार साझ पाँच बजेपछि मतपेटिका शिल तोडिएको छ । राजनितिक दलका प्रमुख, उम्मद्वार सहितको रोवरमा दलहरुले लगाएको ताला खोलिएको थियो । अहिले मतगणनाको लागि आवश्यक तयारी भईरहेको छ । सिसिक्यामेरा समेत जडान गरिएको उक्त भवनमा मतपेटिका संकलन पश्चात हरेक दिन दलका दुई दुईजना प्रतिनिधि सुरक्षा कर्मी लगाएतले सुरक्षा दिएर राखिएको थियो । 
    ६९ हजार ४ सय ११ कुल मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४ सय ५१ मत खसेको थियो । मंसिर १० मा मतदान गरेका मतदाता तथा राजनीतिक दलका नेता कार्यकर्ता सबैलाई मत गणना र नतिजाको उत्सुक्ता रहेको छ । सबै जना मत गणना र नतिजाको व्यग्र प्रतिक्षामा रहेकाछन् ।  सोलुखुम्बुको प्रदेश सभा क मा ३७ हजार १५९ मतदातामध्ये २१ हजार ९५९ मत खसेको छ भने प्रदेश सभा ख मा ३२ हजार २५२ मतदातामध्ये १९ हजार ४९२ मत खसेको छ । प्रदेश सभा क मा दुधकौशिका गाउँपालिका र प्रदेश सभा ख मा सोलुदुधकुण्ड नगरपालिकामा सबैभन्दा बढी मत खसेको छ ।
    मत गणना स्थल आसपासको सुरक्षा ब्यवस्था अत्यन्तै कडा परिएको प्रहरी नायव उरिक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । गणना स्थलसगै होटेल तथा पसल जोडिएको हुनाले सुरक्षा व्यवस्था थप मजबुत पारिएको वहाको भनाई छ । गणना स्थल आसपासको क्षेत्रमा बिहानै देखि चेकजाँच कडा पारिएको छ । सुरक्षा व्यवस्थामा कुनैपनि कमि हुननदिनको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख आफै खटिरहनु भएको छ । गणना स्थल वरपर तारबारको जाली लगाइएको छ भने गणना स्थल र दलको प्रतिनिधिहरु बस्ने ठाउलाई पनि तारजालिले छुटाइएको  छ ।
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org