कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • सोलुखुम्बुमा मतगणना जारी, बाम गठबन्धन अगाडी ।

    news

    मंसिर २१, २०७४,

    भोजराज कार्की, सोलुखुम्बु ः
    सोलुखुम्बुको प्रतिनिधि र प्रदेश सभा (क) र (ख) केन्द्रमा बाम गठबन्धन अगाडी रहेको छ । प्रतिनिधि सभा तर्फ १४ सय १७ मत गणना गर्दा बाम गठबन्धनका उम्मेद्वार ३०६ मतले अगाडी हुनुहुन्छ । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहनुभएका हेमकुमार राई शुरबीरको ७३४ र नेपाली काग्रेसका केन्द्रि सदस्य समेत रहनुभएका पुर्व मन्त्रि बलबहादुर केसीको ४३७ मत प्राप्त गर्नुभएको छ ।  
    यस्तै प्रदेश सभा (क) तर्फ बाम गठबन्धनका एमाले उम्मेद्वार उत्तम कुमार बस्नेत ४२५ मत सहित अगाडी हुनुहुन्छ भने नेपाली काग्रेसका उम्मेदवार प्रकास सिं कार्की १७४ मत सहित पछ्याईरहनुभएको छ । एक स्वतन्त्र सहित ६ जना उम्मेदवार रहेको प्रदेश सभा (क) मा नयाँ शक्तिका दिपक खड्काको १५९ मत, संघिय समाजबादीफोरमको २ मत र स्वतन्त्र भ¥याङ चिह्नमा ५ मत प्राप्त भएको छ । 
    यता प्रदेश सभा (ख) मा बाम गठबन्धनका एमाले उम्मेदवार बुद्धिकुमार राजभण्डारी २४५ मत सहित अगाडी हुनुहुन्छ भने नेपाली काग्रेसका उम्मेदवार आङ्गगेलु शेर्पा २३० मत सहित पछ्याईरहनुभएको छ । 
    प्रतिनिधि सभाको मतगणना जिल्ला समन्वय समितिको समिक्षा हलमा २ स्थानमा भईरहेको छ भने प्रदेश सभा (क) र (ख) को प्राविधिक कार्यालयको भवनमा छुट्टाछुट्टै एक एक स्थानमा भईरहेको छ । हिमाली जिल्ला भएपनि चिसोको कुनै महशुस नगरि पाटीका कार्याकर्ता एवम् उम्मेदवारका शुभचिन्तकको मतगणना स्थल वरपर बाक्लो उपस्थिति रहेको छ । 
    मत गणना स्थलमा सिसि क्यामेरा र उम्मेदवारका प्रतिनिधि बस्नको लागि तारजालीको व्यवस्था गरिएको छ । भने बाहिर सुरक्षा व्यवस्था कडा परिएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org