कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • उदयपुरमा मतगणनाको तयारी थालिदै, सिसि क्यामेराबाट निगरानी गरिने ।

    विदुर कटुवाल
    उदयपुर, मंसिर २१, सोलु एफ एम 
    उदयपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगण्नाको तयारी थालिएको छ । मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार ८ वजे सर्वदलिय बैठकराखी मतगणनाको तयारी थालिएको हो । उदयपुरमा ६० दशमलव ५६ प्रतिशतभन्दा मत खसेको छ । जिल्लाका जिल्लामा कुल १ लाख ९३ हजार ९ सय १३ मतदाता रहेकोमा एक लाख १७ हजार ४ सय ४० मत खसेको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।
    जिल्लको विभिन्न मतदान केन्द्रबाट मतपेटिका रातीनै सदरमुकाम गाईघाट ल्याइपु¥याएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले जानकारी  दिए । मुख्य निर्वाचन अधिकृत शर्माका अनुसार मतगणना कार्य सिसि क्यामेराको निगरानीबाट हुने भएको छ । मत गणनास्थल सदरमुकाम गाईघाट स्थित त्रियुगा उच्च माध्यामिक विद्यालयको भवनका मतगणना प्रायोजनका लागि तयार गरिएको १० ओटा कोठामै सिसि क्यामेरा जडान गरिएको छ । ३ ओटा कोठा स्टोर, १ ओटा सिसि क्यामेरा कन्ट्रोल र बाँकी ६ ओटामा मतगणना हुने मूख्य निर्वाचन अधिकृत शर्माको भर्ना छ । उदयपुरमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १९ जना र चार प्रदेशसभामा २९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org