ताजा खबर

समाचार

  • सकियो हैट र मंगलीको ‘मट्टिमाला’को सुटिङ

    news

    काठमाडौं, काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका ठाउँहरुमा छायांकन गरेको चलचित्र ‘मट्टिमाला’ को छायांकन सकिएको छ । कलाकार बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको चलचित्रले सिन्धुली गढीमा चलचित्रको एक गीतको छायांकन गर्दै छायांकनको सम्पुर्ण काम सकेको चलचित्रका निर्देशक टेके पौरखी राईले जानकारी दिएका छन् ।

     

    गाउँ र शहरको जीवनयापनमा आउने फरक र युद्धलाई बोलेको चलचित्रमा पृथ्वी राईको लगानी रहेको छ । सुमन राईको संगीत रहेको यो चलचित्रको रोश भट्टाई, जानु काम्बाङ लिङदेन, साङ्लोन तामाङ गीतकार हुन् । राहुल राईले खिचेको यो चलचित्रलाई अनिल कुमार महर्जनले सम्पादन गर्नेछन् । चलचित्रमा बुद्धि तामाङ, रजनी गुरुङ, चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, बिनोद राई, दिपक आचार्य लगायतको अभिनय रहेको छ ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org