कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • को हुन् पहिलो निर्वा्चित महिला सांसद कमला रोका ?

    news

    काठमाडौँ, २२ मंसिर ः नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वा्चित महिला सांसद बन्नुभएको छ । कान्छो जिल्लाको रुपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले संघीय नेपालको नयाँ यात्रा शुरु गर्नुभएको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा महिला छापामारको रुपमा युद्धमा सहभागी हुने थोरैमध्ये रोका एक हुनुहुन्छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक उम्मेदवारको रुपमा मैदानमा उत्रनु भएको थियो । रोकाले प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गर्नुभएको हो । निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्याँकअनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४३४ मत ल्याउनुभएको थियो । सो निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । विसं २०४६ देखि नै राजनीतिमा लाग्नुभएका रोका कक्षा १० मा अध्ययन गर्दागर्दै भूमिगत हुनुभएको थियो । उहाँले २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको संघर्षमा पूर्णकालीन भई भूमिगत राजनीति शुरु गर्नुभएको थियो । छापामारको रुपमा उहाँ विभिन्न लडाइँमा अग्रभागमा रहेर लड्नुभएको थियो । माओवादीका नेताहरुका अनुसार उहाँ माओवादीको पहिलो महिला छापामारसमेत हुनुहुन्थ्यो । विसं २०३२ पुस १५ गते रुकुमको प्वाँङमा जन्मनुभएकी रोका ‘महिला कमजोर हुँदैनन्, पुरुष जतिकै सक्षम छन्’ भन्ने मान्यता स्थापित गर्न सफल हुनुभएको छ । उहाँ २०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य हुनुभएको थियो । विसं २०६१ सालमा माओवादीको केन्द्रीय सदस्यमा रुपमा निर्वा्चित हुनुभएका रोका हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्छ । रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मनुभएकी रोका लेखिकासमेत हुनुहुन्छ । कथा तथा निबन्धका साथै विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ समेत लेख्दै आउनुभएको छ । अमेरिकी पत्रकार जुलीद्वारा निर्दे्शित वृत्तचित्र ‘दी सारी सोल्जर’मा रहेका विभिन्न पात्रहरूमध्ये एक साहसी पात्रको रुपमा रोकालाई उल्लेख गरिएको छ । उक्त वृत्तचित्रमा साहसी महिलाको रुपमा नेकपा(एमाले)का नेत्री रामकुमारी झाँक्रीलाई समेत समेटिएको छ । युवा तथा खेलकुदमन्त्रीसमेत बन्नुभएको रोका प्रतिनिधिसभामा पूर्व रुकुमबाट निर्वा्चित भएर नयाँ इतिहास रचना गरेको भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालको टिप्पणी छ । उहाँका श्रीमान् गणेशमान पुन पूर्व आपूर्तिमन्त्री एवं वाइसिएलको पूर्वअध्यक्ष हुनुहुन्छ । पूर्वी रुकुमबाट निर्वा्चित भएपछि रासससँग कुरा गर्दै नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य रोकाले आफूलाई मतदान गर्ने मतदाता तथा आमजनताप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले प्रशासन, निर्वाचन आयोग, सुरक्षाकर्मीसहित सबै सरोकार भएकालाई समेत धन्यवाद ज्ञापन गर्नुभएको छ । जनतासमक्ष गरेको वाचा स्मरण गर्दै उहाँले भन्नुभयो – “विगतमा राजतन्त्रको अन्त्य गर्ने वाचा गरेका थियाँै । जनताले साथ दिएकाले मुलुकमा गणतन्त्र स्थापना भयो । संविधान लेख्ने कार्यभार लिएर जनतामा गयौँ र त्यो कार्य समेत पूरा ग¥यौँ । अहिले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा हामी वाम गठबन्धनका तर्फबाट निर्वा्चित भएका छौँ । यो नै खुशीको विषय हो ।” कान्छो जिल्ला पूर्वी रुकुममा भौतिक पूर्वाधारसहित जनतालाई सक्षम बनाउने अभिभारा पूरा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँसँगै प्रदेश क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्तीले विजय हासिल गर्नुभएको छ । (रासस)

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org