कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • वाम गठबन्धन खोटाङका भट्टराई करिब १४ सय मतले विजयी

    रामधन राई÷खोटाङ, 
    मंसिर–२३, खोटाङमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका विशाल भट्टराई विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार भट्टराईले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सरस्वति बजिमयलाई १३ हजार ७ सय ६५ ले जित्नुभभएको हो । 
    भट्टराईले ३५ हजार ३ सय ७७ मत ल्याउनुभएको छ भने, बजिमयले २१ हजार ६ सय १२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल एक लाख २५ हजार मतदाता रहेको जिल्लामा गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ७१ हजार १ सय ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  
    २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका भट्टराई एमाले वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ साल चैत्र २२ गते जन्मनुभएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौंबाट राजनीति सुरु गर्नुभएको थियो । 
    २०३९ सालमा सोही विद्यालयमा स्ववियू सदस्य निर्वाचित हुनुभएका भट्टराईले काठमाडौंको रत्नराज्य क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । 
     
     

     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org