कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी

    news

    डडेल्धुरा, २४ मंसिर , डेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित हुनुभएको हो । माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित हुनुभएको हो । प्रधानमन्त्री देउवाले मतगणनाको सुरुवातबाट नै अग्रता लिनुभएको थियो । 
     
    देउवा डडेल्धुरामा विसं २०४८ यताका सम्पूर्ण चुनाव जित्दै आउनुभएको छ । डडेल्धुरामा उहाँले अहिले छैटौँ पटक चुनाव जित्नुभएको हो । उहाँले विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जित्नुभएको थियो । 
    यसैगरी प्रदेशसभामा डडेल्धुरा प्रदेश नं १ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहराले १३ हजार ५६३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३९४ मत ल्याएर पराजय भोग्नुपरेको छ । 

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org