कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • खोटाङमा प्रत्यक्षतर्फ भारी मतान्तरले सबै नतिजा वाम गठबन्धनको पक्षमा

    news

    रामधन राई÷खोटाङ, 
    मंसिर–२४,  एक प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेश सभा सदस्य निर्बाचित हुने ब्यवस्था भएको खोटाङमा प्रत्यक्ष निर्बाचन तर्फ बाम गठबन्धनले भारी मतान्तरका साथ सबै नतिजा आफ्नो पक्षमा पारेका छन् । उक्त गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ १३ हजार ७ सय ७ तथा प्रदेश(क) तर्फ ५ हजार ५ सय २२ र (ख) तर्फ ६ हजार १ सय ३३ मत ल्याउँदै गठबन्धनले सबै नतिजा आफ्नो पक्षमा पारेका हुन् । 
     
    प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार नेकपा एमालेका विशाल भट्टराईले ३५ हजार ३ सय ७७ मत ल्याएर कांग्रेसका सरस्वती बजिमयलाई पराजित गर्नुभयो । निकटतम प्रतिस्पर्धी बजिमयले २१ हजार ६ सय १२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
    यस्तै, प्रदेशसभा (क) तर्फ वाम गठबन्धनका प्रत्यक्ष तर्फ साझा उम्मेदवार एमालेका राजन राईले १८ हजार ९ सय ३३ मत ल्याउनुभयो भने प्रतिसपर्धी सुवासकुमार पोखरेलले १३ हजार ४ सय ११ मत प्राप्त गर्नुभएको छ । 
    प्रदेश (ख) मा खसेको कूल ३४ हजार ७ सय १५ मतमा माओबादी केन्द्रका तर्फबाट बिजयी रामकुमार राई पासाङले १८ हजार ३ सय ७२ मत ल्याउनुभयो  । बिष्णुले भने १२ हजार २ सय ३९ मत पाउनुभएको छ । 
     कूल एक लाख २५ हजार मतदाता रहेको जिल्लामा गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ७१ हजार १ सय ९१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org