समाचार

  • सोलुखुम्बुबाट प्रत्यक्षमा पराजय भएको काँग्रेसलाई समानुपातिकमा पहिलो मत ।

    मंसिर २६, २०७४
    भोजराज कार्की, सोलुखुम्बु ः
     
    प्रत्यक्ष तर्फ विरासत गुमाएको काग्रेसलाई समानुपातिक निर्वाचन प्रणाली तर्फ पहिलो मत प्राप्त भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुको तीनै स्थानमा बामगठबन्धन संग पराजित भएको काग्रेसलाई तीनै स्थानमा समानुपातिक तर्फ पहिलो मत प्राप्त भएको छ । भने एमालेलाई दोस्रो र माओवादी (केन्द्र)लाई तेस्रो मत प्राप्त भएको छ ।
    काँग्रेसलाई प्रतिनिधि सभातर्फ १५ हजार १४८ समानुपातिक मत प्राप्त भएको भन नेकपा एमालेलाई १२ हजार ६६, नकेपा माओवादी केन्द्रलाई ७ हजार ६ सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ सय ८५ र नयाँ शक्ति पार्टीलाई ३७६ मत प्राप्त भएको साहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिनुभयो ।
    यस्तै राजपालाई ६१, राष्ट्रिय प्रजातान्त्रिक पाटीलाई ३५, संघिय समाजबादी फोरम नेपाललाई २ सय ४८ प्राप्त भएको छ । 
    यस्तै प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणाली तर्फ नेपाली काँगे्रसलाई १३ हजार ४ सय ४७, नेकपा (एमाले)लाई १० हजार ४ सय ५८ र नेकपा माओवादी (केन्द्र)लाई ८ हजार ३१ र नयाँ शक्तिलाई ४ सय ६ मत प्राप्त भएको साहायक निर्वाचन अधिकृत वस्तीले जानकारी दिनुभयो । 
    यसैबीच, समानुपातिक प्रणाली तर्फ प्रतिनिधि सभा तर्फ ४ हजार ६४९ मत र प्रदेश सभा तर्फ ६ हजार ७६३ म तबदर भएको छ । ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४२० मत खसेको थियो । एमाले–माओबादीको तालमेल र मतदाता शिक्षाको कमीले बढि मत बदर भएको हुन सक्ने अनुमान गरिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org