समाचार

  • वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागी खेलाडी टोलीको राखेप सचिव बिष्टद्धारा बिदाई ।

    news

    मंसिर २६, २०७४

    सृष्टि सुनुवार, सोलुखुम्बु ः

    नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालको टोली प्रथम पटक अन्तराष्ट्रिय स्तरको खेलमा सहभागि हुन जाने भएको छ  । मार्सल सेल्फ डिफेन्स इन्टरनेशसनल एशोसिएसन  पोर्चुगलको आयोजनामा मोरक्कोमा यही डिसेम्बर १५ देखि १७ सम्म हुने बार्षिक वैठक तथा वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागि हुन नेपाली टोली जाने भएको हो  ।

    नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रिय अध्यक्ष डिवि रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपालका शाखा प्रमुख वाङ्जु तामाङ सहित ७  जनाको टोली भोली मध्यान्न मोरक्कोको लागि प्रस्थान गर्दैछ । पुरानो बानेश्वर काठमाण्डौमा सेल्फ डिफेन्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले अध्यक्ष सहितको टोलीलाई विदाई गर्नुभएको छ ।  उहाँले जितको शुभकामना दिदै नेपाली टोलीको अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता सहभागिता जनाएपछि मार्सल सेल्फ डिफेन्सको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

     होटल चेज अलि जागोरा मोरक्कोमा प्रतियोगिता हुने छ ।  सन् २०१६ मा राष्ट्रिय खेलकुद परीष्दमा आधिकारीक रुपमा दर्ता भई नेपाल मार्सल सेल्फ डिफेन्सले काम सुरु गरेको हो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं ८ स्थित पत्तालेमा प्रथम अन्तराष्ट्रिय सम्मेलन गत वैशाख १ गते सम्पन्न भएकोे थियो ।

     

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org