ताजा खबर

समाचार

  • किराँतीद्धारा लिखित “गड होइन ठग एन्जल” कृति बिमोचन ।

    मंसिर २७, २०७४
    सुमन श्रेष्ठ, सोलुसमाचार ।
    भद्रगोल किरातीद्धारा लिखित कृतिको बिमोचन गरिएको छ । किरातीद्धारा लिखत गड होइन ठग एन्जेल, भक्तकुमरको भ्रम र वास्तबिकता र गाउँले कृतिको बिमोचन गरिएको हो ।
    सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आज एक कार्यक्रमका बिच किरातीद्धारा लिखित कृतिको बिमोचन जिल्ला समन्वय समिती सोलुखुम्बुका प्रमुख बिर कुमार राई, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई, दुधकोशि गाउँपालिकाका उपाध्यक्ष जुनीता मगर, साहित्यकार हिमाल गिरि, सोलु सगरमाथा साहित्यीक मञ्चकी कोषाध्यक्ष मोहन कुमारी कार्की लगाएतले संयुक्त रुपमा बिमोचन गर्नुभएको हो । 
    बिमोचन गरिएको कृतिमा किराती संस्कृतीको उत्थानको बयान गरिएको छ । उक्त कृतिमा किराती संस्कृती मुन्धुमको बयानका साथै संस्कृतिको बिकृती गर्नेको बिरोध समेत गरिएको छ । बिमोचनमा किरातीद्धारा लिखत कृतिमा सकारात्मक कुरा आएको टिप्पनी गरिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org