कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • खोटाङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना

    मंसिर–२९, २०७४
    रामधन राई÷सोलु एफ एम, खोटाङ,
     खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ । जिल्लाका ६ जना उद्यमीको ठूलो लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग सुरु गरिएको हो । 
    एक करोडको लगानीमा सुरु गरिएको भेनियर उद्योग प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य बिशाल भट्टराई र प्रदेशसभाका सदस्य रामकुमार राईले हालै उद्घाटन गर्नुभएको हो । जिल्लाका रबिन सुनुवार, राजेन्द्र राई, सम्बर भुजेल, अनिल जोशी, खगेन्द्र राई र मनोज राईको संयुक्त लगानीमा दुई÷तीन वर्षको अभ्यासपछि हालसम्मकै ठूलो लगानीमा भेनियर उद्योग स्थापना भएको हो ।
     जिल्लामा भएका श्रोतसाधनलाई परिचालन गर्दै उद्यमशिलताको बिकासका लागि प्लाईउडको कच्चा पदार्थ उत्पादक उद्योग सुरु गरिएको सञ्चालक राजेन्द्र राईले बताउनुभयो । सुनसरी, मोरङ, झापा, बनेपा, नेपालगञ्ज लगायतका ठाउँमा निर्यात गर्नेगरी प्लाईउडको कच्चा पदार्थ उत्पादन सुरु गरिएको बताइएको छ । जिल्लामा प्रशस्त मात्रामा उत्तिस र मलातो भएकाले प्लाईउड बनाउने कच्चा पदार्थ उत्पादक उद्योग सुरु गरिएको बताइएको छ । उद्योग स्थापनासँगै निजी जग्गाको उत्तिस र मलातोले मूल्या पाउने वाताबरण बनेको छ । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org