कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • मलेसियामा छोरो गुमाएको १० वर्षपछि आर्थिक सहायता

    पुस–३,२०७४
     रामधन राई, सोलु एफ एम खोटाङ
    खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलका रत्नबहादुर जोगीको परिवारले मलेसियामा छोरो गुमाएको १० वर्ष पछि आर्थिक सहायता प्राप्त गर्नुभएको छ । छोरा खेमराज कार्यरत कम्पनीले गरिदिने बिमा वापतको रकम रत्नबहादुरको नाममा २ लाख ९३ हजार र सीतामाया जोगीको नाममा २ लाख ९३ हजार रुपैयाँ पठाएको हो ।
    रत्नबहादुरको छोरा खेमराज जोगीको २०६५ सालमा कम्पनीमा काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो । कम्पनीबाट आउने आर्थिक सहायताका लागि परिवारले चारपटक फारम भरेर पठाएपनि फारम नआएको भन्दै कम्पनीले रकम पठाएको थिएन । परराष्ट्र मन्त्रालयका कर्मचारीले समेत आफूहरुलाई जानकारी नभएको भनेपछि परिवार दिक्तेलमा रहेको सुरक्षित आप्रवासन परियोजना सामिको सूचना तथा परामर्श केन्द्रमा सहयोग माग्दै पुगेका थिए । सूचना केन्द्रको सहयोगमा फारम कम्पनीमा पठाएपछि कम्पनीले आर्थिक सहायता उपलब्ध गराएको हो ।
    छोराको मृत्युपछि पाउने आर्थिक सहायताका लागि रत्नबहादुर धेरै पटक काठमाडौं धाउनुभएको थियो ।  छोरो गुमाउनको पीडामाथि सहायता रकमको लागि गर्नुपरेको दौडधुपले झन् पीडा थपिएको जोगी सुनाउनुहुन्छ । आशा मारिसकेको भए पनि कम्पनीले काठमाडौ धाउँदाको खर्च चाहिँ पठाइदिएको जोगीको भनाई छ । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org