पुस ४, २०७४
रामधन राई, सोलु एफ एम, खोटाङ
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जटिलताका बीचबाट पनि दुवै निर्वाचन एकै दिन सफलतापुर्बक सम्पन्न गर्न सकेकोमा नेपाली जनतालाई बधाई दिनुभएको छ ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्त, निष्पक्ष तथा निर्भयतापूर्ण बनाउन सकेकोमा बधाई तथा धन्यबाद दिन आज खोटाङ पुग्नुभएको यादबले निर्वाचन सफल हुनुमा सबै पक्षको उत्तिकै भूमिका रहेको बताउनुभएको हो ।
निर्वाचनको मिति घोषणा पछि मात्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी पाएको जनाउँदै यादबले जनताले निर्भिकताका साथ मतदान गर्न देखाएको अदम्य साहसप्रति आभार प्रकट गर्नुभयो । स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण ढंगबाट सम्पन्न लोकतान्त्रिक निर्वाचनलाई स्थापित गर्नु अति आवश्यक रहेको उहाँले बताउनुभयो ।
खोटाङमा २६ हजार बढी मत बदर भएको कुरालाई ईंगित गर्दै आगामी दिनमा निर्वाचनलाई मतपत्रको माध्यमबाट नभई प्रविधिमैत्री बनाउनु पर्ने धारणा प्रमुख आयुक्तले व्यक्त गर्नुभएको छ ।