समाचार

  • सोलुखुम्बु गाएन स्टार सिजन दुईको फाइनल फेरी स¥यो, अब पुस २० र २१ गते हुने ।

    पुस ५, २०७४
    सोलु एफ एम, सोलुखुृम्बु 
     
    सोलुखुम्बु गाएन स्टार सिजन २ को फाइनल फेरी सरेको छ । २ पटक सरेर प्रतियोगिता पौष २० र २१ गते हुने भएको हो । फ्रेण्डशिप युथ क्लव केन्द्रिय कार्यालय सोलुखुम्बुको आयोजनामा भएको प्रतियोगिताको फाइनल राउण्डका लागि टप सेभन प्रतियोगिहरु व्यग्र प्रतिक्षमा रहेका छन् । 
    क्लवका अध्यक्ष महेश किरातीले व्यस्तताकै कारण प्रतियोगिता सार्नुपरेको बताउनुभयो । उहाँले प्रतिनिधि तथा प्रदेश सभा  निर्वाचन तथा प्रतियोगिताकै  आन्तरीक तयारी गर्नुपरेका कारण मिति सारिएको उल्लेख गर्नुभयो ।  
    जिल्ला समन्वय समितिको प्रागणमा हुने फाइनलमा टप ७ प्रतियोगिको रेकर्डिङ एल्बम विमोचन तथा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्याति कमाउन सफल कलाकारको सांगितीक प्रस्तुती समेत हुने जनाइएको छ ।   प्रतियोगिताको शिर्ष ७ मा पुग्न सफल प्रतियोगिहरु सनकुमार तामाङ, भोजकुमार राई, डोमा शेर्पा, खगिन्द्र नाछिरीङ, रन्जना राई, केशव राई र विनोद राई रहनुभएको छ ।   
    फाइनल राउण्डमा निर्णायकको रुपमा बरिष्ठ संगितकार बसन्त सापकोटा, चर्चित गायिका कुन्ती मोक्तान, गाएक राजेश पायल राईलाई निम्त्याइएको  आयोजकले जनाएको छ । प्रतियोगितको विजेताले  बजाज कम्पनीको मोटरवाइकको साथमा नगद १० हजार, द्धितिय र तृतिय हुनेले क्रमशः नगद ३० हजार र २० हजार प्राप्त गर्ने छन् । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org