कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • नवनिर्वाचित सांसदलाई पत्रकारको सादा नक्सा, ‘मातृ पार्टीको प्रतिपक्षमा खोटाङका पत्रकारहरु’

    news

    पुस ५, २०७४
    रामधन राई÷सोलु एफ एम खोटाङ
    बाम गठबन्धनखोटाङबाट बिजयी प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई आफ्नै भातृ संगठनका पत्रकारहरुले प्रतिपक्षी भूमिकामा उभिने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर जिल्ला शाखाले मंगलबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा गठबन्धन निकट पत्रकारहरुले यस्तो बताएका हुन् ।
    जिल्ला सदरमुकाम दिक्तेलबजारमा आयोजना गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिशाल भट्टराई तथा प्रदेश सभातर्फका सदस्यद्वय राजन राई र रामकुमार राई(पासाङ)लाई बधाई दिँदै आफुहरु पार्टीको भन्दा पनि जिल्लाको समृद्घिको पक्षमा लाग्ने बताएका हुन् । कार्यक्रममा बोल्दै प्रेस सेन्टरका केन्द्रीय सदस्य भीम राईले अफ्नो भातृ संगठनमा आबद्घ पत्रकारहरु सँधै पार्टी र नेताकै पक्षमा लाग्छन् भन्ने नबुझ्न चेतावनी दिनुभएको छ । केन्दीय सदस्य राईले आफुले आस्था राख्ने पार्टी तथा नेता भनेर भन्दा पनि जिल्लाको हीतमा काम गर्ने नेता र नगर्ने नेता भनेर सदैब पिछा गर्ने जनाउनुभयो । गठबन्धनका बिजयी प्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आफु निकट पत्रकारहरु प्रतिपक्षमा छन् भन्ने बुझ्न अनुरोध समेत गर्नुभयो । 
    पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, प्रेस चौतारीका केन्द्रीय सदस्य हरिबोल राई, पत्रकार डम्बरसिं राई लगायतले कार्यक्रममा शुभकामना ब्यक्त गर्दै जिल्लाको सञ्चार क्षेत्रलाई मज्बुद बनाउनतर्फ अग्रसर बन्न आग्रह गर्नुभयो । कार्यक्रमका बक्ताहरुले अबका जनप्रतिनिधिले जिल्लामा ठूला तथा महत्वकांक्षी भन्दा पनि सानै लाग्ने तर स्थानीय स्तरमा अति महत्व बोक्ने प्रकारका बिकासे योजनामा जोड दिनुपर्ने धारणा राखेका थिए ।
    यसैबीच, बिकासका रंग भर्दै जिल्लाको सम्बृद्धिमा काम गर्नका लागि आव्हान स्वरुप प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई खोटाङको सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र हस्तान्तरण गरेका छन् । खोटाङको भौतिक, आर्थिक र सामाजिक परिवर्तनको रंग भर्नका लागि प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित उम्मेद्वारलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष तामाङले बताउनुभयो ।
    सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र बुझ्दै जनप्रतिनिधिले जिल्लाको सम्वृद्धिको रंग भर्ने अवसरलाई सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
    प्रमुख अतिथि बिशाल भट्टराई तथा बिशेष अतिथिद्वय राजन राई र रामकुमार राई(पासाङ)ले जिल्लाकोसञ्चार माध्यम र सञ्चारकर्मीको साझा हीतमा सञ्चारकर्मीसँगकै सुझाब बमोजिम अगाडी बढ्ने प्रतिबद्घता जनाएका छन् । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org