कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • प्राविधिक नहुँदा अनुदान लिन पाएनन् ओखलढुंगाका भुकम्प प्रभावीत ।

    news

    पुस ६, २०७४
    सृष्टि सुनुवार, सोलु एफ एम, ओखलढुंगा
     
    ओखलढुगांको खिजीदेम्बा गाउँपालिकामा रहेको भुकम्प प्रभावित परिवारले प्राविधिक अभावका कारण अनुदान रकम लिनबाट पछाडी परेका छन् । गाउँपालिकाका प्रमुख वेदबहादुर रोक्काले निजी घर पुननिमार्णको काम अघि बढेपनि  प्राविधिक पर्याप्त नभएपछि अनुदान प्राप्त गर्नका लागि सिफारीसको काम हुन नसकेको बताउनुभयो । 
    भुकम्प प्रभावित परिवार घर निमार्णको काम सम्पन्न गरेपनि तेस्रो किस्ताको अनुदान पाउन सिफारीसका लागि  प्राविधिकको प्रतिक्षामा बसेका छन्  । हाल सम्म करिब ३० प्रतिशतले मात्र तेस्रो किस्ता लिईसकेका छन् । ६० प्रतिशतले दोस्रो किस्ता लिएको खिजीदेम्बा गाउँपालिकाको कार्यालयले जनाएको छ । 
    अनुदान सिफारीसमा पनि विभिन्न प्राविधिक समस्या देखिएको छ ।  पहिले आएको १७ वटा डिजाइन मध्येको डिजाइनमा पिडितले घर बनाएपनि सामान्य क्रुटिहरु देखिएकोले अनुदान सिफारिसमा प्राविधिकले आनाकानी गर्ने गरेका छन्  । यस्तै कतिजनाको क्रमागत संख्या नमिलेको तथा नाम विग्रिएका कारणले पनि भुक्तानी लिन समस्या उत्पन्न भएको छ । 
    गाउँपालिका प्रमुख रोक्काले आफुले सहरी विकास तथा भवन निमार्ण डिभिजनमा प्राविधिकको लागि ताकेता गरीरहेको साथै वडा कार्यालयमा रहेको गुणासो व्यवस्थापन समितिले नाम सच्चयाउने काम गर्ने बताउनुभयो ।  
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org