कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • सरसफाई अभियानकै दिन ४५ टन फोहोर संकलन ।

    news

    पुस ६, २०७४
    रामधन राई, सोलु एफ एम, खोटाङ
     खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकालाई सफा र सुन्दर बनाउन बृहत सरसफाई सप्ताह उद्घाटन भएकै दिन ४५ टन फोहोर उठाईएको छ । नगरपालिकाभित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट ‘पुरानो फोहोर उठाउ’ अभियान शुरु भएको बुधबार एकै दिन ४५ टन फोहोर उठाइएको हो । 
    दिक्तेलस्थित रत्नपार्कबाट शुरु गरिएको अभियानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ (क)का राजन राई र क्षेत्र नम्बर २ (ख)का रामकुमार राई (पासाङ)ले सडकमा थुप्रिएको फोहोर उठाएर अभियानको उद्घाटन गर्नुभयो । बजार वरपर जथाभावी फालिएको फोहोर उठाएर सोही नरगरपालिकाको वडा नम्बर ५ लफ्याङस्थित व्यवस्थापन केन्द्रमा पु¥याएर फालिएको छ । 
    फोहोर नहटाएसम्म नगरपालिकालाई सफा र सुन्दर बनाउन नसकिने भएकाले वर्षौंदेखि थुपारिएको फोहोर हटाउन अभियान थालिएको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । 
    दिक्तेलबजारबाट शुरु गरिएको सरसफाई सप्ताह १५ वटै वडामा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । पाँच वर्ष्भित्र नगरपालिकालाई सफा र सुन्दर बनाउने अभियानका साथ सरसफाई अभियान थालिएको हो । 
     

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org